उदयपुर १० उदयपुर जिल्लामा लागू औषध विरुद्ध एउटा छुटै अभियान सुचारु गरिएको छ, उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका मा इलाका प्रहरी कार्यालय बेल्टार ले लागू औषध विरुद्ध एउटा छुटै अभियान सुचारु गरेको छ

नगरपालिका को विभिन्न वडा मा प्रहरी कार्यालय बेल्टार का प्रहरी निरीक्षक डम्बर विश्वकर्मा को कमाण्ड मा यो अभियान सुचारु गरेको हो उक्त अभियान लागू औषध ले के के ,हानि पूराउँछ भन्ने विषयमा र यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ ,भन्ने विषय मा नगरपालिका भरी नै यो अभियान सुचारु गरिएको थियो

यो अभियान मा नगरपालिका भरी का नेता शिक्षक र स्थानीय जनता को बाक्लो उपस्थिति रहेको थियो वास्तव मा ‘उदयपुर जिल्लामा धेरै नै लागू औषध भित्रिने गरेको छ यो लागू औषध को दल दल मा धेरै नै युवा फसेको समेत देखिन्छ’

यसै लाई लक्षित गरेर यो अभियान सुचारु गरिएको प्रहरी कार्यालय बेल्टार का प्रहरी निरीक्षक डम्बर विश्वकर्मा ले जानकारी दिनु भयो’ त्यस्तै लागू औषध विरुद्ध इलाका प्रहरी कार्यालय बेल्टार ले एउटा प्रचार पनि’ तयार पारेको छ प्रचार मा लागू ‘औषध विरुद्ध सम्पूर्ण कुरा हरु पढ्न सकिन्छ र ‘लागू औषध देखि धेरै टाढा बस्न समेत इलाका प्रहरी कार्यालय बेल्टार ले अनुरोध गरेको छ!
प्रकाशित मिति २०७९ साउन १० गते मङ्गलबार ०२:४४