म मन्दिर गएर के विग्रियो ? म जनताले विश्वास गरेका जुनसुकै मठ मन्दिरमा जान्छु – प्रधानमन्त्री

म  मन्दिर गएर के विग्रियो ? म जनताले विश्वास गरेका जुनसुकै मठ मन्दिरमा जान्छु – प्रधानमन्त्री

छाँयापाटी

@छाँयापाटी

२०७७ माघ १४ गते बुधबार ०५:११

काठमाडौं -: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पशुपति दर्शनले धेरैको टाउको दुखेको भन्दै कसैले पनि टाउको दुखाउनुपर्ने कारण नभएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित आदिवासी जनजाति महासंघको कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री...

काठमाडौं -: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पशुपति दर्शनले धेरैको टाउको दुखेको भन्दै कसैले पनि टाउको दुखाउनुपर्ने कारण नभएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित आदिवासी जनजाति महासंघको कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले राज्यले सबै धर्मप्रति समान दृष्टीकोण राख्ने र आफू नेपाली जनताले विश्वास गर्ने जुनसुकै धार्मिक मठमन्दिरमा पाठपूजा गर्न जाने बताए ।

‘हिजो म पशुपतिनाथ मन्दिर जाँदा धेरै जना रिसाए । पशुपतिनाथ कुनै विदेशबाट आयातित सभ्यता होइन । हाम्रै पुरानो सभ्यता हो’प्रधानमन्त्री ओली भने,पशुपति मन्दिर गएर के विग्रियो ? म शिव, कृष्ण, देवी र नेपाली जनताले विश्वास गरेको मन्दिरमा जान्छु ।

नेपाल राज्यको कुनै विशेष धर्म नहुने समेत ओलीले बताए । उनले नेपाल कुनै धर्म विषेश राज्य नभएर १ सय २७ जातजाति रभाषाभाषीको साझा देश रहेको बताए । ‘नेपाल कुुनै धर्म विषेश राज्य होइन ।

संसारका कुनै धर्म विशेष राज्य पनि छन्’,उनले भने’,‘नेपाल १ सय २७ जातजातिरभाषाभाषीको साझा देश हो । नेपाल विविधिता र सांस्कृतिको सम्पन्नता देश हो।

प्रकाशित मिति २०७७ माघ १४ गते बुधबार ०५:११
प्रतिक्रियाहरु