परराष्ट्रमन्त्री ले एसपीपी कार्यान्वयन नगर्ने पत्र अमेरिकालाई पठाइसक्यौं तर सार्वजनिक गर्न मिल्दैन भने पछि हंगामा

परराष्ट्रमन्त्री ले एसपीपी कार्यान्वयन नगर्ने पत्र अमेरिकालाई पठाइसक्यौं तर सार्वजनिक गर्न मिल्दैन भने पछि हंगामा

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन १३ गते शुक्रबार ०२:४४

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिका सरकारलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरिएको जानकारी दिएका छन् । प्रतिनिधिसभामा शुक्रबार जानकारी दिँदै मन्त्री...

काठमाडौँ ।

परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिका सरकारलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरिएको जानकारी दिएका छन् ।

प्रतिनिधिसभामा शुक्रबार जानकारी दिँदै मन्त्री खड्काले साउन ९ गते नै कूटनीतिक माध्यमबाट एसपीपीलाई अघि नबढाउने लिखित जानकारी अमेरिकी सरकारलाई लिखित जानकारी पठाइएको जानकारी संसद्लाई दिए ।

उनले भने, ‘मिति २०७९ साउन ९ गते कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकार समक्ष पठाइएको जानकारी गराउन चाहन्छु ।’

पत्राचारको विषयमा आन्तरिक परामर्श गर्नुपर्दा केही समय लागेको मन्त्री खड्काको भनाइ थियो । उनले भने, ‘पत्राचारको विषयमा अन्तरिक परामर्शका कारण केही समय लागेको हो ।

केही सांसदहरूले यसमा संशयसमेत व्यक्त गरेको सुनिएको छ‚ एसपीपीको विषयमा सरकार प्रस्ट थियो र‚ छ । नेपाल सरकार सार्वभौमसत्ता सम्पन्न राष्ट्रको कार्यपालिकाको सर्वोच्च निकायले गरेको निर्णयमा संशय व्यक्त गर्नु कदापि अस्वभाविक नै हुन्छ ।

तिनिधिसभामा शुक्रबार जानकारी दिँदै मन्त्री खड्काले साउन ९ गते नै कूटनीतिक माध्यमबाट एसपीपीलाई अघि नबढाउने लिखित जानकारी अमेरिकी सरकारलाई लिखित जानकारी पठाइएको जानकारी संसद्लाई दिए ।

उनले भने, ‘मिति २०७९ साउन ९ गते कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकार समक्ष पठाइएको जानकारी गराउन चाहन्छु ।Source-news24nepal

प्रकाशित मिति २०७९ साउन १३ गते शुक्रबार ०२:४४
प्रतिक्रियाहरु