चितवन, माघ १७ -: प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको आफ्नै निर्वाचन क्षेत्र अयोध्यापुरी रामको जन्मभूमि हो भन्न किन नसकेको भन्दै पुष्पकमल दाहाल, प्रचण्डलाई कडा प्रश्न गर्नुभएको छ ‘। चितवनमा आज आयोजित जनसभामा संबोधन गर्दै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रचण्डले आफ्नो मालिक रिसाउला भनेर राम जन्मभूमिबारे केही नबोलेको बताउनु भयो ‘।
‘चितवनको यसै निर्वाचन क्षेत्रबाट जितेको सांसद रामको जन्मभूमि अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा किन चुइक्क बोल्न सक्नुहुन्न । कस्को डरले बोल्न सक्नुभएको छैन । किन राम जन्मभूमि अयोध्यापुरी नै हो भन्न सक्नुहुन्न ? कस्को भक्तिका लागि हो ?प्रचण्डप्रति कडा प्रहार गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘।
उहाँले प्रचण्डले राष्ट्रियताको सवालमा आफूलाई मयुर भन्ने गरे पनि त्यो संभव नभएको बताउनु भयो ।मयुरको प्वाख लगाउँदैमा अर्काे चरो मयुर हुँदैन, त्यो चरो त्यही रहन्छ । राम जन्मभूमिबारे किन बोल्न सक्नुहुन्न ? कस्का डरले बोल्नुहुन्न ? थाह भइसकेको छ,’ प्रधानमन्त्री ओलीले भन्न्ुभयो ‘।
उहाँले प्रचण्डले केही नगर्न चाहे पनि चितवनमा बिकाशको लहर आफूले ल्याउने र पूर्ववत घोषणा गरिएका सवै काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।’उहाँ (प्रचण्ड) हरु आत्तिनु होला, बर्बराउनु होला, बिकाश हुनेभयो भनेर, उहाँहरु आत्तिएपनि हुन्छ, अव नारायणीमा तटबन्ध हुन्छ, बनाएर छाडिन्छ,प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले मतपत्र च्यातेर मेयर हुनुभएकी प्रचण्डपुत्री रेनु दाहाललाई पनि कडा प्रहार गर्नुभयो ‘।
प्रकाशित मिति २०७७ माघ १७ गते शनिवार ०८:५७