भारतको मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद ब्यक्ति पक्राउ

भारतको मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद ब्यक्ति पक्राउ

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन १८ गते बुधबार ०३:१६

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सीआईबीले काठमाडौंबाट बुधबार (आज) १ः१० मा भारतको मुम्बई उड्न लागेका...

काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सीआईबीले काठमाडौंबाट बुधबार (आज) १ः१० मा भारतको मुम्बई उड्न लागेका नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजबाट शंकास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।

श्रीमान–श्रीमतीका रूपमा पहिचान खुलेका उक्त ब्यक्तिहरु कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीले सीआईबीलाई पठाएको थियो । नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार ढोका बन्द भएर उड्न लागेका बेला सीआईबीले अनुसन्धानका लागि जहाज रोकेको थियो ।

पक्राउ परेका ब्यक्तिहरुको नाम र ठेगाना भने उल्लेख गरिएको छैन । प्रवक्ता खड्काका अनुसार केही बेरमा जहाज उड्नेछ । सबै यात्रुको जाँचपछि फेरि उनीहरूलाई जहाजमा चढाइएको छ ।Source-news24nepal

प्रकाशित मिति २०७९ साउन १८ गते बुधबार ०३:१६
प्रतिक्रियाहरु