हर्क साम्पाङ भन्छन् म संग टक्कर लिने व्यक्ति मात्रै होइन दल नै सिद्धिन्छ

हर्क साम्पाङ भन्छन् म संग टक्कर लिने व्यक्ति मात्रै होइन दल नै सिद्धिन्छ

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन १९ गते बिहिबार ०९:५९

साउन १९ , काठमाडौँ धरानका मेयर हर्क साम्पाङले अाफु संग टक्कर लिन खोज्यो भने व्यक्ति मात्रै होइन दलनै सिद्धिने बताए । बुधवार दिउसोसर्दुखोलामा माइक्रो मिनी हाइड्रो पावर हाउस बन्दै गरेको स्थलमा संचाकर्मीहरुसंग सो कुरा व्यक्त गरेका...

साउन १९ , काठमाडौँ

धरानका मेयर हर्क साम्पाङले अाफु संग टक्कर लिन खोज्यो भने व्यक्ति मात्रै होइन दलनै सिद्धिने बताए । बुधवार दिउसोसर्दुखोलामा माइक्रो मिनी हाइड्रो पावर हाउस बन्दै गरेको स्थलमा संचाकर्मीहरुसंग सो कुरा व्यक्त गरेका हुन् ।

उनले अहिले सम्म आफ्नो अभियानलाई निस्तेज पार्नका लागि केही अराजक तत्त्व भिजिलान्तेहरुले आफूलाई तगारो लगाउन खोजेको भन्दै मेयर साम्पाङले भने -‘मेरो खुट्टा तान्न खोजिएको होला म उड्ने मान्छे हुँ, खुट्टाले हिडने मान्छे होइन ।’

बराह पीडितको प्रसङ्गमा मेयर साम्पाङले आफू जहिल्यै पनि पीडितको पक्षमा रहेको र अहिले पनि आफू पीडितले न्याय पाउनुपर्छ भन्ने रहेकोले धरान उपमहानगरपालिकाले बराहको सबै सम्पत्ति रोक्काको लागि सम्बन्धित निकायलाई पत्राचार गरेको बताए ।

तर अराजक तत्त्वहरूले आफू विरुद्ध मुर्दावादको नारा समेत लगाउँदै आफ्नो कार्यकक्षको झ्यालको सिसा समेत तोडफोड गरिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । त्यसैले ती अराजक तत्त्वहरूको कानुनी उपचार हुनुपर्ने पक्षमा आफू रहेको समेत बताए ।

मंसिरको चुनावमा ध्यान दिनू, म संग नउल्झिनू
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूसँग नउल्झिन आग्रह गरेका छन्। आगामी मंसिरमा हुने आम निर्वाचनमा ध्यान दिन आग्रह गर्दै उनले सामाजिक सञ्जालमार्फत त्यस्तो आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘मंसिरको चुनावमा ध्यान दिनु है सबैले, म सँग नउल्झिनु, आफ्नो काम गर्नु’ स्वतन्त्रबाट धरान उपमहानगरको प्रमुखमा निर्वाचित भएका साम्पाङ सामाजिक सञ्जालमा सक्रिय देखिन्छन्।Source-sagarmathadaily

प्रकाशित मिति २०७९ साउन १९ गते बिहिबार ०९:५९
प्रतिक्रियाहरु