भीम रावलले प्रत्यक्षमा चुनाव जिते राजनीतिबाट सन्यास लिन्छु : वनमन्त्री आले

भीम रावलले प्रत्यक्षमा चुनाव जिते राजनीतिबाट सन्यास लिन्छु : वनमन्त्री आले

छाँयापाटी

@छाँयापाटी

२०७७ माघ १७ गते शनिवार ०९:११

काठमाडौं, १७ माघ -:  वन मन्त्री समेत रहेका नेकपा ओली समूहका नेता प्रेम आलेले सुदूरपश्चिमबाट भीम रावलले प्रत्यक्ष चुनाव जिते आफूले राजनीतिबाटै सन्यास लिने घोषणा गर्नुभएको छ' । शनिबार काठमाडौंमा सुदुरपश्चिम स्तरीय भेलालाई सम्बोधन...

काठमाडौं, १७ माघ -:  वन मन्त्री समेत रहेका नेकपा ओली समूहका नेता प्रेम आलेले सुदूरपश्चिमबाट भीम रावलले प्रत्यक्ष चुनाव जिते आफूले राजनीतिबाटै सन्यास लिने घोषणा गर्नुभएको छ’ ।

शनिबार काठमाडौंमा सुदुरपश्चिम स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले रावलसंग चूनाव लड्ने हिम्मत नभएको भन्दैै प्रत्यक्ष चूनाव लडेर जिते राजनीतिबाटै सन्यास लिने घोषणा गर्नुभएको हो ‘।

उहाँले रावलसंग चूनाव लड्ने कुनै एजेण्डा नै नभएको दावी समेत गर्नुभयो । सुदुरपश्चिमबाट चूनाव लडे हार्ने भएकाले रावल समानुपातिकमा उठ्ने तर्क उहाँको छ’ ।

मन्त्री आलेले प्रधानमन्त्रीलाई काम गर्न नदिएकै कारण संसद बिघटन गरेर नयाँ निर्वाचनमा जाने निर्णय गरिएको बताउनुभयो । उहाँले सुदुरपश्चिममा साविक नेकपाको खातामा रहेको पैसाको अनियमितता गरेको र त्यही पैसाले प्रचण्ड–नेपाल पक्षले कार्यक्रम गरेको भन्दै रावलसंग हरहिसाव मागिने धारणा राख्नुभयो ‘।

प्रकाशित मिति २०७७ माघ १७ गते शनिवार ०९:११
प्रतिक्रियाहरु