आरजु राणा उदीयमान नेता हो, प्रधानमन्त्री बन्न सक्नु हुन्छ : नेता विश्वकर्मा

आरजु राणा उदीयमान नेता हो, प्रधानमन्त्री बन्न सक्नु हुन्छ : नेता विश्वकर्मा

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन २० गते शुक्रबार १०:०९

काठमाण्डौ – नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले नयाँ दिल्लीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाबीच भएको भेटवार्ताबारे गरिएको टिप्पणीप्रति सहमति जनाउनुभएकाे...

काठमाण्डौ – नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले नयाँ दिल्लीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाबीच भएको भेटवार्ताबारे गरिएको टिप्पणीप्रति सहमति जनाउनुभएकाे छ ।

आज (शुक्रवार) काठमाण्डौकाे रिपाेर्टर्स क्लबमा भएको एक कार्यक्रममा बोल्दै उहाँले प्रचण्ड दिल्लीमा राजनीतिक भेटवार्तामा रहेको र आरजु पनि उपचारको सिलसिलामा दिल्लीमै रहेकोले भेटवार्ता भएको र त्यो भेटवार्तामा स्वास्थ्य लाभको कामना गरिएको स्मरण गराउनुभयो ।

उहाँले नेपाली राजनीतिमा प्रचण्ड र आरजु दुवै भोलिका दिनमा प्रधानमन्त्री बन्न सक्ने व्यक्तित्व भएको दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्ड र आरजु दुवै जना कहिल्यै प्रधानमन्त्री बन्न नसक्ने व्यक्ति त होइन, तर अहिले यस्तो सहमति भएको छैन ।

यो सबै अफवाह हो । कुन दलको प्रतिनिधि सभामा सिट सङ्ख्या कति आउँछ, त्यसको मतभारको आधारमा सरकारको नेतृत्वको साझेदारीको कुरा आउँछ । नेतृत्वको सवालमा दलहरूबीच अर्को चरणमा छलफल हुन्छ । अहिले प्रचण्ड र आरजुले सरकार नेतृत्वको गर्ने भन्नेबारे सहमति भयो भन्ने कुरा आयो, यो झुठो हो ।

आरजु दिल्लीमा हुनुहुन्थ्यो । प्रचण्ड भारत भ्रमणमा जानुभएको थियो, त्यति बेला उहाँ आरजुको स्वास्थ्य लाभको कामना गर्न जानुभयो । डा. आरजु उदीयमान नेता हो । प्रधानमन्त्री बन्न नसक्ने भन्ने कुरा हुन्छ र ? तर अहिले यो विषयमा छलफल र चर्चा नै चलेको थिएन । र छैन ।’

कार्यक्रममा बाेल्दै नेता विश्वकर्माले अब शान्ति, समृद्धि र विकासमा दलहरूबीच प्रतिस्पर्धा हुने बताउनुभयाे । आउँदो चुनावसम्म नै वर्तमान पाँच दलीय गठबन्धन कायम रहने उहाँको भनाइ छ ।

नेता विश्वकर्माले चुनावमा फलानो दलको फलानो नेता प्रधानमन्त्री बन्ने भनेर अहिले नै उम्मेदवार तोकेर जाने अवस्था नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले गठबन्धन गरेर नै जाने भनिएको छ, यस्तो बेलामा अहिले फलानो पार्टीका फलानो नेता प्रधानमन्त्रीको उम्मेदवार भनेर जाने अवस्था छैन ।’

प्रकाशित मिति २०७९ साउन २० गते शुक्रबार १०:०९
प्रतिक्रियाहरु