रवि लामिछाने विरुद्ध अमेरिकी अदालतमा ९ वटा ठगीका मुद्दा !

रवि लामिछाने विरुद्ध अमेरिकी अदालतमा ९ वटा ठगीका मुद्दा !

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन २३ गते सोमबार ०३:३३

काठमाडौं। नेपालमा प्रधानमन्त्री बन्ने भन्दै स्वतन्त्र पार्टी दर्ता गरेका रवि लामिछानेको विरुद्धमा अमेरिकी अदालतमा ९ वटा मुद्दा दर्ता भएको भेटिएको छ । सम्बन्ध विच्छेद बाहेक विभिन्न बैंक तथा वित्तीय संस्थाले दायित्व भुक्तानी...

काठमाडौं।

नेपालमा प्रधानमन्त्री बन्ने भन्दै स्वतन्त्र पार्टी दर्ता गरेका रवि लामिछानेको विरुद्धमा अमेरिकी अदालतमा ९ वटा मुद्दा दर्ता भएको भेटिएको छ ।

सम्बन्ध विच्छेद बाहेक विभिन्न बैंक तथा वित्तीय संस्थाले दायित्व भुक्तानी नगरेको भन्दै लामिछानेलाई प्रतिवादी बनाएर अमेरिकाको मेरिल्याण्ड राज्यमा मुद्दा दर्ता भएको भेटिएको हो ।

मेरिल्याण्डको टाउसन र बाल्टिमोर काउन्टी अदालतमा लामिछाने विरुद्ध मुद्दा छ । जसमा एक मुद्दा अहिले पनि विचाराधिन रहेको छ ।

अमेरिकाबाट अमेरिकी नागरिकता त्यागेर नेपाल फर्किएका लामिछानेले अमेरिकामा रहँदा लिएको बैंक तथा वित्तीय संस्थाको ऋण र क्रेडिट कार्डको रकम समयमै भुक्तानी नगरेको भन्दै विभिन्न अदालतमा मुद्दा परेको हो ।

यसबाहेक उनले अमेरिकामा रहँदा सञ्चालन गरेको व्यवसायको लागि खाद्यान्न सप्लाइ गर्ने कम्पनीले समेत समयमा भुक्तानी नपाएको भन्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । उनको नाममा मेरिल्याण्डमा मात्रै ९ मुद्दा दर्ता भएको देखिन्छ ।

यसबाहेक उनले अमेरिकामा रहँदा सञ्चालन गरेको व्यवसायको लागि खाद्यान्न सप्लाइ गर्ने कम्पनीले समेत समयमा भुक्तानी नपाएको भन्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । उनको नाममा मेरिल्याण्डमा मात्रै ९ मुद्दा दर्ता भएको देखिन्छ ।

अमेरिकामा रहंदा लामिछाने मेरिल्याण्ड राज्यमा बस्दै र व्यवसाय सञ्चालन गर्दै आएका थिए । जसमा एक मुद्दा मेरिल्याण्ड राज्य सरकारले पनि दायर गरेको छ । राज्य सरकारले भने समयमा कर नतिरेको भन्दै मुद्दा दर्ता गरेको थियो ।

धेरैजसो मुद्दा लामिछानेले समयमा वित्तीय दायित्व भुक्तानी नगरेको विषयम रहेको छ । यसमा धेरै मुद्दाहरु किनारामा लागेको भएपनि डिस्कोभर बैंकले बाल्टिमोर काउन्टी अदालतमा दायर गरेको मुद्दाको पूर्ण फैसला आइसकेको छैन ।

मेरिल्याण्डको विभिन्न अदालतमा दर्ता भएका लामिछाने विरुद्धका मुद्दाहरु

रविले अमेरिकामा रहँदा बस्दा गरेको कारोबारको रकम समयमा भुक्तानी नदिएको वा क्रेडिट कार्डको ऋण समयमा नतिरेकोमा बैंकहरुले अदालतमा मुद्दा दर्ता गरेको देखिएको छ ।

मुद्दाहरु सन् २०१८ र २०२१ को बीचमा दर्ता भएका छन् । अमेरिकामा समयमा ऋण नतिरेको खण्डमा अदालती प्रक्रियाबाट ऋणको असुल गर्ने कानूनी प्रक्रिया रहेको छ । अमेरिकामा समयमा ऋण नतिर्नुलाई अपराधको रुपमा हेरिन्छ । अदालती प्रक्रिया गएपछि ऋण भुक्तानी गरेपनि उक्त विकल्प अन्तिम विकल्पको रुपमा रहँने र खराब रेकर्ड रहने गर्छ ।

नेपालमा पत्रकारिताको रुपमा राम्रो छवि बनाएका लामिछाने अहिले राष्टिय स्वतन्त्र पार्टीको नाममा चुनावमा जाने तयारी गरिरहेका छन् । अमेरिकामा भने उनको नाममा रहेको केही मुद्दाको अन्तिम फैसला आउनै बाँकी छ । यसबीचमा २०२१ सालमा अमेरिकामा लामिछानेको नाममा रहेको घर विक्री गरिएको थियो ।

हामीले यस विषयमा पूर्व पत्रकार तथा नवनिर्मित राष्टिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सोधेका थियौं तर उनको जवाफ आइसकेको छैन । उनको प्रतिक्रिया आएपछि हामी यहाँ अपडेट गर्ने छौ ।

source-galaxykhabar

प्रकाशित मिति २०७९ साउन २३ गते सोमबार ०३:३३
प्रतिक्रियाहरु