ओली लाइ रोड बाट नै हटाउने भन्दै धर्ना बसे ‘प्रचण्ड’ र माधव नेपाल समूह माइतीघरमा

ओली लाइ रोड बाट नै हटाउने भन्दै धर्ना बसे  ‘प्रचण्ड’ र माधव नेपाल समूह माइतीघरमा

छाँयापाटी

@छाँयापाटी

२०७७ माघ १८ गते आईतबार ०२:४४

१८ माघ, काठमाडौं -:  प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरूद्ध नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल माइतीघरमा धर्ना बसेका छन् । गत बुधबारदेखि सुरू...

१८ माघ, काठमाडौं -:  प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरूद्ध नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल माइतीघरमा धर्ना बसेका छन् ।

गत बुधबारदेखि सुरू गरिएको धर्नामा आइतबार प्रचण्ड र नेपाल सहभागी भएका हुन् ।

बुधबारदेखि सुरू भएको यो धर्ना शनिबारबाहेक २१ गतेसम्म प्रत्येक दिन २ घन्टासम्म बस्ने बताइएको छ । प्रचण्ड–नेपाल पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्यहरूले माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् ।

नेकपा प्रचण्ड–नेपाल पक्षकी स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य पम्फा भुसालले संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको बताएन् । उनले भनिन्, असंवैधानिक रूपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउन हामी धर्नामा छौँ ।

नेकपा प्रचण्ड–नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा देशभर विभिन्न आन्दोलनका कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति २०७७ माघ १८ गते आईतबार ०२:४४
प्रतिक्रियाहरु