भेनाजुसँग बस्दै आएकी २१ वर्षीया श्रद्धाले किन फालिन् ज्यान ?

भेनाजुसँग बस्दै आएकी २१ वर्षीया श्रद्धाले किन फालिन् ज्यान ?

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन २५ गते बुधबार ०८:४६

इटहरी– इटहरीकी २१ वर्षीया श्रद्धा घिमिरेले ज्यान फालेकी छिन् । इटहरी सुष्मा कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आएकी उनले कोठामा सलको पासो लगाएर ज्यान फालेकी इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काले बताएका छन्...

इटहरी– इटहरीकी २१ वर्षीया श्रद्धा घिमिरेले ज्यान फालेकी छिन् । इटहरी सुष्मा कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आएकी उनले कोठामा सलको पासो लगाएर ज्यान फालेकी इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काले बताएका छन् । उनी इटहरी दिदी भिनाजुकोमा बस्ने गरेकी थिइन् ।

आफन्तका अनुसार सोमबार साँझ ५ बजेतिर कोठा नखोलिएपछि ढोका फोरेर हेर्दा सलको पासो लगाएको अवस्थामा भेटिएकी हुन् । मृतकको पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

अक्सर मान्छेले बाँच्ने उपाय खोजिरहेका हुन्छन् । मान्छे मृत्युदेखि सधै भयभित रहन्छ । त्यसैले सकेसम्म मृत्युलाई धकेल्दै मान्छेले जीवन लम्बाउने यत्न गर्छन् । जतिसुकै जटिल रोग लागेपनि मान्छे हार्न चाहँदैनन् । रोगसँग जुधेर बाँच्न चाहन्छ । एकबारको जीवनलाई मान्छेले पूर्ण भोग गर्न चाहन्छन् ।

मृत्यु स्वभाविक हो । सत्य पनि । तर, मृत्युलाई बिर्सिएर मान्छे जीवनमा हाँस्न र रमाउन चाहन्छ । केही गर्न चाहन्छ । मान्छेलाई आफ्नो जीवनप्रति त्यती प्रेम छ । लोभ छ । तर, त्यही मान्छे आफ्नो जीवन सिध्याउन पनि उक्सन्छन् । किन रु

विश्वमा प्रति वर्ष १० लाख मानिसहरु आत्महत्याका कारण मृत्युको शिकार हुने गरेको तथ्याङ्क पाइन्छ । प्राय सबै देशमा १५ देखि २४ बर्षका मानिसमा यो समस्या बढी देखिने गरेको छ ।

जब मानिसले समस्या समाधानका कुनै उपाय देख्दैन, त्यतिबेला उसले आत्महत्याको बाटो रोज्छ । संसारमा बर्षेनी लगभग ८ लाख व्यक्तिले आत्महत्या गर्छन् । हरेक ३ सेकेन्डमा १ जनाले प्रयास र ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्छन् । १५(२९ बर्ष उमेर समूहमा आत्महत्या मृत्युको दोस्रो प्रमुख कारणका रुपमा रहेको छ ।

आत्महत्या विश्वव्यापी घटना भएता पनि ७८ प्रतिशत आत्महत्याका घटना विकासोन्मुख देशहरुमा हुने गरेकोे तथ्याङ्क छ । आत्महत्याबाट जति मानिसको मृत्यु भइरहेको हुन्छ, त्यसको तुलनामा आत्महत्याको प्रयास गर्नेको संख्या २० गुणाले बढी हुने गर्छ ।

प्रायः महिलाहरु पुरुषहरुको तुलनामा बढी आत्महत्याको प्रयास गर्छन् । तर, तथ्याङ्कका अनुसार खतरनाक तरिका अपनाउने हुनाले पुरुषहरुले महिलाको अनुपातमा बढी आत्महत्या गरेको पाइन्छ । विश्वमा आत्महत्याका माध्यमहरु मध्ये विष सेवन, झुण्डिएर तथा शरीरमा आगो लगाएर गर्ने आत्महत्या प्रमुख रहेको डब्ल्युएचओको तथ्यांकमा उल्लेख छ ।

नेपालमा आत्महत्याको अवस्थाबारे चर्चा गर्दा प्रत्येक बर्ष सरदर ४ हजार ६७४ व्यक्तिले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीको तथ्याङ्क छ । महानगरीय प्रहरी कार्यालय काठमाडौंमा प्रत्येक हप्ता कम्तिमा १० वटा आत्महत्यासम्बन्धी घटना दर्ता हुने गरेका छन्, जसमा अधिकांश महिला छन् ।

विश्वमा आत्महत्याको जोखिममा नेपाल सातौं स्थानमा छ भने महिलामा तेस्रो स्थानमा छ । नेपाललगायत विकासशील मुलुकहरुमा आत्महत्या सम्बन्धी विभिन्न सामाजिक लाञ्छना, धार्मिक कारण र सामाजिक मनोवृत्ति, उपयुक्त अभिलेखीकरणको अभाव तथा सीमित अनुसन्धान आदिका कारण भरपर्दो रुपमा तथ्याङ्कको कमी छ ।

 

प्रकाशित मिति २०७९ साउन २५ गते बुधबार ०८:४६
प्रतिक्रियाहरु