पाटी छोड्ने डरले मन्त्री पद गुमाएका झाक्री लगायतकाहरु लाइ नेपालले दिए नयाँ पद

पाटी छोड्ने डरले मन्त्री पद गुमाएका झाक्री लगायतकाहरु लाइ नेपालले  दिए नयाँ पद

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन २५ गते बुधबार ०४:२१

काठमाडौं – नेकपा एकीकृत समाजवादीका केही नेताहरु पद गुमाएपछि अशान्त र बेचैन बने।त्यही झोकमा आफ्नै नेतृत्वलाई खुइल्याउन र अपमान गर्न मात्र नभई बोलचाल र भेटघाट समेत गरेनन् । त्यसो गर्नेमा १ नम्बर पर्छिन् राम कुमारी झाक्री । पूर्वमन्त्री...

काठमाडौं –

नेकपा एकीकृत समाजवादीका केही नेताहरु पद गुमाएपछि अशान्त र बेचैन बने।त्यही झोकमा आफ्नै नेतृत्वलाई खुइल्याउन र

अपमान गर्न मात्र नभई बोलचाल र भेटघाट समेत गरेनन् । त्यसो गर्नेमा १ नम्बर पर्छिन् राम कुमारी झाक्री । पूर्वमन्त्री झाक्रस् मन्त्रीबाट फिर्ता बोलाइएपछि आक्रोशित बनेकी थिइन् । उनीमाथि पार्टीले कारवाही गर्ने तयारी समेत गरेको थियो तर त्यसो गर्दा

झाक्री पार्टी छाड्ने डरले अध्यक्ष नेपालले झाक्रीहरुलाई पदको चारो हालेका छन् । मन्त्रीबाट फिर्ता बोलाईएका झाक्री लगायतलाई संसदीय समितिको जिम्मेवारी तोकिएको छ।

सरकारमा सहभागी तीन मन्त्रीलाई एकीकृत समाजवादीले फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको थियो। मन्त्रीबाट फिर्ता बोलाइएका सांसदहरुलाई सभामुखको प्रस्तावमा संसदीय समिति सदस्यमा जिम्मेवारी दिइएको हो।

जसमध्ये रामकुमारी झाँक्रीलाई अर्थ समिति, किसनकुमार श्रेष्ठलाई राज्य व्यवस्था तथा सुशासन समिति र विरोध खतिवडालाई

सार्वजनिक लेखा समितिको सदस्यमा जिम्मेवारी दिइएको छ। त्यस्तै धनबहादुर बूढालाई सार्वजनिक लेखा समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा पठाइएको छ।

निर्वाचनको घोषणासँगै नेताहरु आफ्नो निर्वाचन क्षेत्र खोज्न सुरू गरेका छन् । सत्ता गठबन्धन सबै निर्वाचन क्षेत्रमा सिट बाँडफाँटको काममा जुटेको छ।

सत्तारूढ गठबन्धनका दल मिलेर लड्ने भएपछि वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको परिणामले धेरै अर्थ राख्नेछ। दलहरू आ–आफ्ना संगठन र चुनावी गतिविधिहरूलाई तीव्रता दिँदै आन्तरिक मत लेखाजोखामा व्यस्त देखिन्छन्

काठमाडौं क्षेत्र नं २ मा भने कांग्रेसभन्दा एमाले अगाडि छ। यस क्षेत्रमा काठमाडौं महानगरका वडा नं ९ र ३२ वडा पर्छन्। कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं ४, ५, ६, ७, ८ र ९ अनि शंखरापुर नगरपालिका पर्छ।

स्थानीय तहको निर्वाचनमा एमालेले यो क्षेत्रमा पर्ने वडाहरूमा १७ हजार ३ सय २५ मत पाएको छ भने कांग्रेसले १४ हजार १ सय

२८ मत पाएको छ। यो क्षेत्रमा एकीकृत समाजवादीले ८ हजार ७४ मत पाएको छ। त्यस्तै राप्रपाले ७ हजार २ सय र माओवादी केन्द्रले ३ हजार १ सय ३१ मत पाएको छ।

यो क्षेत्रमा तत्कालीन वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार माधवकुमार नेपालले २७ हजार ३ सय ६६ मत पाएका थिए। कांग्रेसका दीपक कुइँकेलले १४ हजार ९ सय ३ मत ल्याएका थिए।

यसपालि माधव नेपाल काठमाडौं–२ बाट उठ्ने ÷नउठ्ने टुंगो छैन। उनी गृह जिल्ला रौतहटबाट उठ्ने धेरै सम्भावना छ। रौतहटमा उनको निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीले सबैभन्दा धैरै मत ल्याएको छ।

नेपाल रौतहटमा उठेको खण्डमा काठमाडौं–२ बाट एकीकृत समाजवादीकी नेता रामकुमारी झाक्री उठ्ने सम्भावना छ। उनले

एक अन्तर्वार्तामा गुल्मी वा काठमाडौं मध्ये १ ठाउँबाट निर्वाचन लड्ने बताएकी छन्। काठमाडौंमा एकीकृत समाजवादी सबैभन्दा बलियो भएको निर्वाचन क्षेत्र नम्बर–२ नै हो।

त्यस्तै क्षेत्र नम्बर २ बाट माधवकुमार नेपाल उठे भने कांग्रेसले पक्कै छाड्ने छ। उनको निर्वाचन क्षेत्रमा रामकुमारी झाक्री उठ्ने

भइन् भने पनि कांग्रेसलाई सो क्षेत्र छाड्ने दबाब हुनेछ। एमाले यहाँ बलियो भएका कारण पनि यो क्षेत्र छाड्न कांग्रेसलाई पनि गाह्रो हुने छैन। source: galaxykhabar

प्रकाशित मिति २०७९ साउन २५ गते बुधबार ०४:२१
प्रतिक्रियाहरु