रितियो कांग्रेस: उप-सभापतिसहित शिर्ष नेता कार्यकर्ताहरु एमाले प्रवेश ! (नामवली)

रितियो कांग्रेस: उप-सभापतिसहित शिर्ष नेता कार्यकर्ताहरु एमाले प्रवेश ! (नामवली)

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन २६ गते बिहिबार १०:३६

काठमाडौं । नेपाली कांग्रेस मुगु जिल्लाका पुर्व उप–सभापति नन्द प्रसाद आचार्य सहितको समुह नेकपा एमालेमा प्रवेश गरेका छन्। मुगु जिल्लाका पुर्व उप–सभापति नन्द प्रसाद आचार्यसहितको समुह नेपाली काँगेस पाटी परित्याग गरि नेकपा एमाले...

काठमाडौं ।

नेपाली कांग्रेस मुगु जिल्लाका पुर्व उप–सभापति नन्द प्रसाद आचार्य सहितको समुह नेकपा एमालेमा प्रवेश गरेका छन्। मुगु जिल्लाका पुर्व

उप–सभापति नन्द प्रसाद आचार्यसहितको समुह नेपाली काँगेस पाटी परित्याग गरि नेकपा एमाले प्रवेश गरेको होे । उहाहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नु भएको हो ।

पूूर्व उप–सभापति नन्द प्रसाद आचार्य केही दिन अघिमात्र काँग्रेस पार्टीबाट अलग भएको घोषणा गर्नुभएको थियो ।

पछिल्लो समय नेपाली कांग्रेसले आन्दोलन गलत बाटोमा गएको, एमसीसी सम्झौताको पक्षमा उभिएको,जनयुद्ध र हिदको सम्मान गर्न नसकेको र व्यक्तिबादी चिन्तनमा फसेका कारण आफूले पार्टी त्यागेको आर्चायको भनाइ छ।

प्रदेश सरकारले पनि अपेक्षाअनुसार काम गर्न नसकेको र अहिलेकै अवस्थामा प्रदेशसभाले पनि जनताको पक्षमा काम गर्न नसक्ने भएकाले आफूले नेकपा एमाले रोजेको उहाको भनाई छ ।

केही दिनअघि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर लाग्नुभएका कर्मचारी नेता भोला पोखरेल पनि एमालेमै फर्कनु भएको थियो । बिगतमा

केही भ्रममा परेर नेपाल नेतृत्वको पार्टीतिर लाग्नुभएका पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी एमालेमै फर्कनुभएको हो

अध्यक्ष ओलीले पोखरेललाई आज पाटीृमा स्वागत गर्नुभएको छ । पोखरेले माधव नेपाल नेतृत्वको दलमा आवद्ध कर्मचारीका प्रमुख ब्यक्तिका साथै कर्मचारीको आधिकारिक टे«ड युनियन महासंघको पनि नेतृत्वकर्ता हुनुहुन्छ । source: merosathitv

प्रकाशित मिति २०७९ साउन २६ गते बिहिबार १०:३६
प्रतिक्रियाहरु