काठमाडौं ।
माओवादी केन्द्रका नेता बर्षमान पुनले नेपालका नेता नभई जनता नै भ्रष्ट भएको जिकिर गरेका छन् । प्राइभ टिभीमा बिहीबार बोल्दै उनले पैसा नदिए भोटै नदिने प्रवृत्ति रहेको स्वीकार गरे ।
पुनले भने, ‘युवा क्लबले पैसा माग्छ ठाडै...
काठमाडौं ।
माओवादी केन्द्रका नेता बर्षमान पुनले नेपालका नेता नभई जनता नै भ्रष्ट भएको जिकिर गरेका छन् । प्राइभ टिभीमा बिहीबार बोल्दै उनले पैसा नदिए भोटै नदिने प्रवृत्ति रहेको स्वीकार गरे ।
पुनले भने, ‘युवा क्लबले पैसा माग्छ ठाडै । आमा समूहले पैसा माग्छ ।
अर्को समूहले पैसा माग्छ । हामीसँग यति भोट छ भनेर बार्गेनिङ गर्छ । त्यसकारण हामी नेता होइन्, जनता मतदाता पो भ्रष्ट भएछन् त । पैसा मागेपछि ऋण धन गरेर दिनैपर्यो ।
चुनाव महंगो भएको स्वीकार गर्दै उनले त्यसरी चुनावमा बाँडेको पैसा उठाउन र चन्दा मागेको मान्छेको काम गरिदिनु नेताको बाध्यता हुने बताए ।
नेता पुनले यस पटक खर्च कहाँबाट ल्याउने भनेर नेता सबै आत्तिएको बताउँदै यस्तो बेलामा उद्योगी व्यवसायी पुँजीपतिसँग पैसा माग्ने र पछि उनीहरुको काम गरिदिने,
कि पहिला सत्तामा हुँदा जम्मा गरेको पैसा खर्च गर्ने कि आफूले घरखेत बेचेर भए पनि पैसा निकाल्नु बाध्यता रहेको बताए । यो हटाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानुपर्ने पुनको तर्क छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७