ओलीलाई पशुपतीनाथको पनि आशिर्वाद छ, एमालेले नै चुनाव जित्छ :भद्रकुमारी घले

ओलीलाई पशुपतीनाथको पनि आशिर्वाद छ, एमालेले नै चुनाव जित्छ :भद्रकुमारी घले

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन २८ गते शनिवार १०:०६

काठमाडौं साउन २८ पूर्व मन्त्री एवं समाजसेवी साहित्यकार भद्रकुमारी घलेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पशुपतीनाथको पनि आशिर्वाद गरेकी छिन् । पूर्व मन्त्री घलेले यो देशको राष्ट्रवादी र विकासप्रेमी पहिलो नेता राजा...

काठमाडौं साउन २८

पूर्व मन्त्री एवं समाजसेवी साहित्यकार भद्रकुमारी घलेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पशुपतीनाथको पनि आशिर्वाद गरेकी छिन् ।

पूर्व मन्त्री घलेले यो देशको राष्ट्रवादी र विकासप्रेमी पहिलो नेता राजा महेन्द्र हो त्यस पछिको केपी ओलीनै हो भनेकी छिन् । ओलीलाई प्रधानमन्त्री हटाए पछि अब विकासको काम सबै रोकिने र जनताले दुख पाउँने भन्दै घलेले देउवा प्रधानमन्त्री हुनु देशको लगी दुर्भाग्य भएको बताएकी छिन् ।

घलेले केपी ओलीले अहिले प्रतिपक्षमा भए पनि आगामी चुनाव पछि सके दुई तिहाइ नसके पनि प्रष्ट बहुमत सहित सरकार बनाउँने विश्वास गरिन् ।देश विकास गर्न भए पनि सबै नेपालीले ओलीलाई जिताउँनु पर्ने पनि उनले बताइन् ।

कुराकानीका क्रममा पूर्वमन्त्री घलेले अहिले केपी ओली बालकोटमा साँद लगाउँन गएको भन्दै अब अझै धारिलो बनेर आउँने दाबी गरेकी छिन् । आफु पनि आउँदो चुनावमा ओलीका लागी भोट माग्न हिड्ने भन्दै उनले देश प्रेमी र विकास प्रेमी सबैले ओलीलाई जिताउँनु पर्ने बताइन् ।

कुराकानीको क्रममा घलेले मात्र पद, पैसा र स्वार्थको लागी पार्टी फुटाइएको भन्दै ओलीजस्तो बहादुर प्रधानमन्त्रीको विरुद्ध गएर उनीहरुले गल्ती गरेको बताइन । राजा महेन्द्र पछिको सबैभन्दा रामो र आफुलाई मन परेको नेता ओलीनै हो भन्द फेरी पनि ओलीकै राजनिती अघि बढ्ने दावी गरिन् ।Source-sagarmathadaily

प्रकाशित मिति २०७९ साउन २८ गते शनिवार १०:०६
प्रतिक्रियाहरु