शेखर कोइराला समूहको भेला, देउवाले न्यायोचित व्यवहार नगरे ४० प्लस चाहियो

शेखर कोइराला समूहको भेला, देउवाले न्यायोचित व्यवहार नगरे ४० प्लस चाहियो

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन २८ गते शनिवार ०३:५९

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरु शनिबार छलफल गरेका छन् । उनीहरुले सभापति शेरबहादुर देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको भन्दै अब भागवण्डा खोज्नुपर्ने अवस्था आएको बताएका छन् । छलफलपछि पत्रकारहरुसँग...

काठमाडौं ।

नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरु शनिबार छलफल गरेका छन् । उनीहरुले सभापति शेरबहादुर देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको भन्दै अब भागवण्डा खोज्नुपर्ने अवस्था आएको बताएका छन् ।

छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै नेता गुरुराज घिमिरेले सभापति देउवाको अहिलेसम्मको व्यवहारले आगामी संसदीय निर्वाचनमा पनि न्यायोचित व्यवहार गर्ने नदेखिएको बताए ।

‘८ महिनामा भएका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि समेट्नुभएको छैन, राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह निर्वाचन केन्द्रीय समिति सदस्य मनोनियन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह पनि गर्नुहुन्न ।

समेट्दा पनि समेट्नुहुन्न, यसबाट के बुझियो भने आगामी संसदीय निर्वाचनमा पनि उहाँले समेट्नुहुन्न’ घिमिरेले भने ।

न्यायोचित निर्णय नहुने भए भागवण्डामा जानुपर्ने उनले बताए । न्यायोचित निर्णय गर्नुुहुन भने ४० प्लस चाहियो’ घिमिरेले भने,सभापतिको अभिभावकीय ठाउँबाट सोचेर अगाडि बढाउनुभएको भए यो विवाद आउने थिएन नि । अब अस्तित्वको लडाइ लड्नुपर्ने भयो ।Source-sagarmathadaily

प्रकाशित मिति २०७९ साउन २८ गते शनिवार ०३:५९
प्रतिक्रियाहरु