रवि लामिछानेलाई हर्क साम्पाङको समेत खुलेरै समर्थन

रवि लामिछानेलाई हर्क साम्पाङको समेत खुलेरै समर्थन

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन २८ गते शनिवार ०७:१५

काठमाडौँ । सञ्चाकर्म छाडेर पुर्णकालीन राजनितिमा होमिएका रवि लामिछानेको चर्चा अहिले देशैभर चुलिएको छ । उनको पाटीलाई देशभर अभूतपूर्व समर्थन मिलिरहेको हो । आसन्न चुनावमा रविको पार्टीले कस्तो नतिजा ल्याउला भन्ने कुरा बडो चासो र...

काठमाडौँ । सञ्चाकर्म छाडेर पुर्णकालीन राजनितिमा होमिएका रवि लामिछानेको चर्चा अहिले देशैभर चुलिएको छ । उनको पाटीलाई देशभर अभूतपूर्व समर्थन मिलिरहेको हो । आसन्न चुनावमा रविको पार्टीले कस्तो नतिजा ल्याउला भन्ने कुरा बडो चासो र बहुप्रतिक्षाको बिषय बनेको छ ।

स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर भारी मतले निर्वाचित भएका जनप्रिय मेयर हर्क साम्पाङको अहिले कमाल गरिरहेका छन् । यता संचार क्षेत्रमा जमिरहेका बेला राजनितीमा होमिएका रवि लामिछानेको पनि चर्चा देशैभरी चुलिएको छ उनी संगठन विस्तारका लागि देश दोडाहमा रहेका छन् ।

हर्क साम्पाङले जसरी काम गरिरहेका छन् त्यसले देशव्यापी चर्चा सेलाएको छैन काम गराइएको आफ्नै शैली र जनसहभागीतालाई प्राथमिता दिएर काम गरिरहेका साम्पाङका कारण अन्य ठाँउमा निर्वाचित भएका जनप्रतिनिधीहरुनै छाँयामा पर्ने अवस्था आएको छ भने रवि लामिछानेको पार्टीमा पनि ठूलो आकर्षण देखिएको छ ।

रवि लामिछानेले देशव्यापी संगठन विस्तारका कार्यक्रमलाई आक्रामक बनाउँदै लगेको छन् । रवि जता पुग्छन् त्यतै समर्थको ठूलो भिड देखिन थालेको छ। रवि लामिछानेले खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीमा अभूतपुर्व समर्थन देखिएको छ । यसबाट रवि लामिछाने निकै हौसिएका छन् ।

पुराना राजनितीक पार्टीहरु प्रति जनताका विचमा देखिएको बिकर्षणको परिणाम स्थानिय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा बालेन शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङहरुको जितले देखिएको थियो अब प्रतिनिधीसभाको निर्वाचनमा त्यो स्पेस रवि लामिछाने नेतृत्वको पार्टीले लिन सक्ला त भन्ने चर्चा पनि चल्न थालेको छ ।

यसै विच चर्चामा रहेका दुई पात्र हर्क साम्पाङ र रवि लामिछानेका विचमा कुरा मिलेको छ । रवि र हर्कको विचमा कुरा मिले पछि उनीहरुका देशैभरीका समर्थकहरुमा खुशियाली देखिएको छ । रविले राजनितीक पार्टी खोलेको छन् हर्क स्वतन्त्र छन् तर उनीहरुको कुरा मिलेको छ । यसले उनीहरुका समर्थकमा उत्साह संचार गराएको छ ।

धरानका मेयर हर्कले रवि लामिछानेको मुक्त कण्ठले प्रशंसा गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले पनि हर्कको उसै गरि प्रशंसा गरेका छन् । साम्पाङले रवि लामिछानेमा राजिनीतिक संस्कार देखिएको भन्दै खुलेरै तारिफ गरेका छन् । उनले आफ्नो सामाजिक संजालमा स्टाटस लेखेर पनि रविको तारिफ गरेका छन् भने विभिन्न संचार माध्यममा अन्तवार्ता दिएर पनी सो कुरा उल्लेख गरेका छन् ।

साम्पाङले रवि लामिछानेमा राजनितिक संस्कार देखिएको र आफुलाई त्यो पक्ष मन परेको बताएका छन् । अन्य केहि पार्टीहरुले साम्पाङको विरोध गरिरहेका बेला रवि लामिछाने उनलाई भेट्न धरानमै पुगेका थिए । अरु उद्देश्य के छ थाहा छैन तर रवि लामिछानेको साधारणपन र जीवनशैली देखी राजनितीक संस्कारसम्म मलाई मन परेको छ, साम्पाङले भनेका छन् ।

यता रवि लामिछानेले पनि हर्कको तारिफ गर्न कुनै कन्जुस्याँइ गरेका छैनन् । अरु नेता प्रति गरम अभिव्यक्ति दिने गरेका लामिछानेले साम्पाङको भने निकै तारिफ गर्ने गरेका छन् । आफ्नो पार्टीमा पनि बालेन , हर्क जस्तो मान्छेको खाँचो भएको बताउँने गरेका रविले धरानमै गएर पनि साम्पाङसँग भेट गरेका थिए भने अन्य ठाउँमा हुँदा पनि निरन्तर रुपमा तारिफ गरिरहेकै छन् ।

पुराना राजनितिक दलका नेताहरुलाई खोइरो खन्ने गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले आफु कसैसँग राजिनिती सिक्न तयार रहेको भए हर्क साम्पाङसँग तयार रहेको पनि भनेका छन् । अबको राजिनिती हर्क साम्पाङले गरे जस्तो राजनिती जरुरी रहेको भन्दै उनले आफ्नो बाटो पनि हर्ककै जस्तो हुने बताएका छन् ।

प्रकाशित मिति २०७९ साउन २८ गते शनिवार ०७:१५
प्रतिक्रियाहरु