राष्ट्रपतिले एमालेको गलत कदमलाई साथ दिएर ठूलो गल्ती गरिन् अब महाअभियोग लगाउन पर्छ : मन्त्री आङ्बो

राष्ट्रपतिले एमालेको गलत कदमलाई साथ दिएर ठूलो गल्ती गरिन् अब महाअभियोग लगाउन पर्छ  : मन्त्री आङ्बो

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन ३० गते सोमबार ०८:५३

काठमाडौं । प्रदेश- १ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले नागरिकता विद्येयकलाई फिर्ता गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका...

काठमाडौं ।

प्रदेश- १ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले नागरिकता विद्येयकलाई फिर्ता गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका आङ्बोले सामाजिक संजालमा स्टाटस लेख्दै देशका लाखौं नागरिकलाई नागरिकताविहीन र राज्यविहीन बनाउने एमालेको कदमलाई राष्ट्रपतिले साथ दिएकोसमेत आरोप लगाएका हुन् ।

मन्त्री आङ्बोले फिर्ता भएको विद्येयक अब पुन: संसदले जस्ताको त्यस्तै राष्ट्रपति कहाँ पठाएर प्रमाणीकरण गर्न बाध्य बनाउनु पर्ने उनको भनाइ छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिक विद्येयक रोकेको भन्दै सत्ता पक्षले राष्ट्रपतिको विरोध जनाइरहेका छन् ।

उनीहरुले नेकपा (एमाले) सरकार रहँदा उस्तै प्रकारको अध्यादेश जारी गर्दा छिनभरमै प्रमाणित गरेको र अहिलेको विद्येयक भने फिर्ता गर्नु राष्ट्रपतिको गैरजिम्मेवारीपन भएको टिप्पणी गरिरहेका छन् । उता नेकपा एमालेले भने राष्ट्रपतिको कदमलाई स्वागत गरेको छ ।

Source-news24nepal

प्रकाशित मिति २०७९ साउन ३० गते सोमबार ०८:५३
प्रतिक्रियाहरु