माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री दलबल सहित एमाले प्रवेश, ओलीले स्वागत गर्दै के के भने ?

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री दलबल सहित एमाले प्रवेश, ओलीले स्वागत गर्दै के के भने ?

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन ३० गते सोमबार ०४:३४

काठमाडौं– नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह यादव एमाले प्रवेश गरेका छन्। उनीसहित सो पार्टीका ३५ जना विभिन्न कमिटीमा क्रियाशील अगुवा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको एमाले प्रचार...

काठमाडौं–

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह यादव एमाले प्रवेश गरेका छन्। उनीसहित सो पार्टीका
३५ जना विभिन्न कमिटीमा क्रियाशील अगुवा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको एमाले प्रचार विभागले जनाएको छ।

एमाले केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरे।

पार्टी प्रवेश गर्ने माओवादी केन्द्रका कार्यकर्ताहरूमा शिवकुमार कापर (मधेश प्रदेश समिति सदस्य), सकलदेव रजक (मधेश

प्रदेश समिति सदस्य), धनुषा जिल्ला समिति सदस्यहरू फुलसिंह यादव, भोला यादव, रामबाबु राय, सोनफी साह, श्रीनारायण कुँवर, रामभिखारी राय छन्।

उनीहरूसँगै समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिलकुमार घिमिरे पनि एमालेमा प्रवेश गरेका छन्। सोही कार्यक्रममा

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य गोपाल भण्डारी र सोही पार्टीका टङ्कप्रसाद काफ्ले र मञ्जु भण्डारी पनि एमालेमा प्रवेश गरेका बताइएको छ।
यी तीन दलका कार्यकर्ताले गरे फोहोरमा राजनीति, बञ्चरेडाँडा गएका गाडी बीच बाटोमै रोकिए

काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका गाडीहरुलाई सत्ता गठबन्धनक कार्यकर्ताले अवरोध गरेका छन्। काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार आज बिहान फोहोर बोकेर गएका गाडीहरु बीच बाटोमै रोकिएका हुन्।

फोहोर बोकेर गएका गाडीहरु रोकिएपछि सहमतिको प्रयास भएपनि अहिलेसम्म संभव नभएको प्रवक्ता मानन्धरले बताए।

आइतबार राजनीतिक दलहरुले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए। त्यसपछि आज फोहोर लिएर गएका कुनै गाडीले पनि फोहोर फाल्न पाएका छैनन्।

धादिङको धुनिबेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेका थिए।

करिब ७५ दिनदेखि काठमाडौंको फोहोर उठ्न नसकिरहेको अवस्थामा सधैँका लागि फोहोर फ्याँक्न नदिने घोषणा उनीहरुले गरेका छन्।

उनीहरुले १७ वर्षदेखि काठसहितका नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सिमाना सिसडोल र पछिल्लो समय कुडुल्ले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फ्याँकिने गरेको पनि बताएका छन्।

स्थानीयबासिन्दाको जनजीवन ज्यादै कष्टकर हुनुका साथै दीर्घ रोगले स्थानीयवासीहरु पीडित भइरहँदा पनि मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने फोहोरको उचित व्यवस्थापनमा महानगरसहित संघीय सरकारले चासो नदिएको उनीहरुले बताएका छन्। source: annapurnatimes

प्रकाशित मिति २०७९ साउन ३० गते सोमबार ०४:३४
प्रतिक्रियाहरु