मासु भातको मेस चलाएर फोहोर बोकेका गाडीमा गुलेली हान्दै देउवा -प्रचण्डका कार्यकर्ता !

मासु भातको मेस चलाएर फोहोर बोकेका गाडीमा गुलेली हान्दै देउवा -प्रचण्डका कार्यकर्ता !

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन ३१ गते मङ्गलबार ०८:३८

सत्तारुढ दल नेपाली काग्रेस , नेकपा माओवादी केन्द्र लगायतका दलका कार्यकर्ताले काठमाडौँको फोहोर बोकेर बन्चरेडाँडा जान लागेका गाडीमा अवरोध पुर्र्याएका छन् । यत्ति सम्मकी मासु भातको मेसनै चलाएर उनीहरुले फोहोरको गाडी माथी गुलेली...

सत्तारुढ दल नेपाली काग्रेस , नेकपा माओवादी केन्द्र लगायतका दलका कार्यकर्ताले काठमाडौँको फोहोर बोकेर बन्चरेडाँडा जान लागेका गाडीमा अवरोध पुर्र्याएका छन् । यत्ति सम्मकी मासु भातको मेसनै चलाएर उनीहरुले फोहोरको गाडी माथी गुलेली हानेका थिए ।

दुई सय भन्दा धेरै प्रहरी परिचालन गरेर केही फोहोरका गाडी बन्चरेडाँडामा पुर्याउँन सफल भए पनि सत्तारुढ दलका स्थानिय कार्यकर्ताहरुका अवरोधका कारण सहज रुपमा फोहोर लैजान सकिएको छैन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्टाटसनै लेख्दै देउवा प्रचण्डका कार्यकर्ताले गुलेली हानेर फोहोर लैजान नदिएको भनेका छन् ।

यत्ती सम्मकी काग्रेस , माओवादीका स्थानिय कार्यकर्ताहरुले खानाको मेसनै चलाएर फोहोर बोक्ने गाडीमा अवरोध पुर्याएका थिए । सामुहिक मेस संचालन गरेर फोहर बोक्ने गाडीलाई गुलेली हान्ने कामको नेतृत्व स्थानीय काग्रेस , माओवादी , नेकपा एस लगायतका दलका कार्यकर्ताले गरेका थिए ।

आन्दोलनरत दलका कार्यकर्ताले संयुक्त रुपमा खाना बनाए, मेस चलाए, फोहोर बोकेका गाडी अनि प्रहरीलाई गुलेली हान्न थाले र गाडीलाई रोके । लगातारको अवरोधपछि प्रहरीको थप टोली पुग्यो । नुवाकोट र धादिङका साथै काठमाडौंबाट गएको प्रहरी टोलीले चारैतिरबाट घेरेपछि स्थानीयले सडक छाडे ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरिक्षक ९एसपी० रमेश पण्डितका अनुसार फोहोर फाल्न २५० प्रहरी खटाइएको थियो भने ब्याकअपमा थप फोर्स थियो । धादिङको धुनीवेशी गाउँपालिकातर्फ स्थानीयले ४० वटा ट्रक सडकमै रोकेका थिए । प्रहरीले बल प्रयोग गरेपछि स्थानीयबासिन्दा पछाडि हटे ।

त्यही मौकामा ५० टिपरले फोहोर बञ्चरेडाँडामा खसाल्यो । तर फेरि स्थानीयले अवरोध गरे । उनीहरुले डाँडामा बसेर गुलेली समेत हानेका थिए ।
काठमाडौं महानगरपालिकाका अनुसार सोमबार दिनभरमा बञ्चरेडाँडामा २०० टिपर फोहोर खसालिएको छ । मेयर बालेन शाहका अनुसार महानगरले नेपाल टिपर व्यवसायी संघसँग २५० टिपरलाई डिजेल र चालक भत्ता दिने गरी भाडामा लिएर एकैदिन धेरै फोहोर उठाउन खोजेको थियो ।

विगतमा सिसडोलमा भएको लापरबाहीका कारण स्थानीयले जोसुकैलाई विश्वास गर्न नसक्नु स्वाभाविक भएपनि आफूहरुले सोही ‘अपराध’ उनले बताएका छन् । तर सत्तारुढ दलकै स्थानीय नेताको अगुवाइमा भएको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको मेयर बालेनले बताएका छन् ।

धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले आइतबार संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरे डाँडामा फोहोर फाल्ननदिन घोषणा गरेका थिए ।

उनीहरुविरुद्ध उजुरी परेको र पक्राउ गर्न खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा उजुरी परेको छ । तर आरोपित तीन नेताले भने सोमबार विज्ञप्ति निकालेर झुटो आरोप लगाएर आन्दोलनलाई निरुत्साहित गर्न खोजेको बताएका छन् ।SOURCE-SAGARMATHADAILY

प्रकाशित मिति २०७९ साउन ३१ गते मङ्गलबार ०८:३८
प्रतिक्रियाहरु