रितिदै कांग्रेस र माओबादी पूर्वमन्त्रीसहित एमाले प्रवेश गर्ने ८५ नेता (सूचीसहित)

रितिदै   कांग्रेस र माओबादी  पूर्वमन्त्रीसहित एमाले प्रवेश गर्ने ८५ नेता (सूचीसहित)

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ १ गते बुधबार ०४:१५

पूर्वमन्त्री हेमराज राई १० वर्षपछि फेरि एमालेमै फर्किएका छन्। जनता समाजवादी पार्टी (जसपा) बाट दुई साताअघि राजीनामा दिएका राईसहितका नेताहरु बुधबार एमालेमा प्रवेश गरेका हुन्। पार्टी प्रवेश गर्नेहरुलाई एमाले अध्यक्ष केपी शर्मा...

पूर्वमन्त्री हेमराज राई १० वर्षपछि फेरि एमालेमै फर्किएका छन्। जनता समाजवादी पार्टी (जसपा) बाट दुई साताअघि राजीनामा दिएका राईसहितका नेताहरु बुधबार एमालेमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गर्नेहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रवेश गराएका हुन्।

राईसहित जसपा केन्द्रीय सदस्यहरु शान्त कुमार प्रधान, भूराज राई, सविना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सिना, कर्ण बहादुर रतौकी, सुनिल विश्वकर्मा, शंकर बं सार्की पार्टी प्रवेश गरेका हुन्।

त्यस्तै, १० जना संघीय परिषद् सदस्य, १९ जना प्रदेश समिति पदाधिकारी तथा सदस्य, ११ जना जनसंगठन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, ४५ जना जिल्ला तथा स्थानीय तहका पदाधिकारीहरु पार्टी प्रवेश गरेको एमाले केन्द्रीय कार्यालयले बताएको छ।

हेमराज भोजपुरका पुराना कम्युनिष्ट नेता हुन्।  जसपामा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले बेग्लाबेग्लै बैठक बसेर कारबाहीको शृङ्खला अघि बढाउन थालेपछि हेमराजले राजीनामा दिएका थिए।

उनले गत ९ साउनमा जसपाबाट राजीनामा बुझाएका हुन्। २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी उद्योग मन्त्री थिए। नेकपा (एमाले)मा रहेर लामो समय राजनीति गरेका उनी ०६९ साल असोज १८ गते अशोक राईसँगै संघीय समाजवादी पार्टीमा लागेका थिए।

हेमराज भोजपुरलगायत पूर्वका जिल्लामा एमालेको संगठन विस्तारमा संघर्ष गरेको नेताका रुपमा चिनिन्छन्।

प्रकाशित मिति २०७९ भदौ १ गते बुधबार ०४:१५
प्रतिक्रियाहरु