बन्दकर्ताले एकाबिहानै जलाए टिप्पर र बस

बन्दकर्ताले एकाबिहानै जलाए टिप्पर र बस

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ ७ गते मङ्गलबार ०८:४६

दाङ । नेपाल बन्दको आह्वान गरेका ४ दलीय बन्दकर्ताकाले दाङमा एकाबिहानै टिपर जलाएका छन् । आज मंगलबार बिहान घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा उनीहरुको आगजनी गरेका हुन् । सडकमा बन्दकर्ताको खासै उपस्थिति...

दाङ । नेपाल बन्दको आह्वान गरेका ४ दलीय बन्दकर्ताकाले दाङमा एकाबिहानै टिपर जलाएका छन् ।

आज मंगलबार बिहान घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा उनीहरुको आगजनी गरेका हुन् । सडकमा बन्दकर्ताको खासै उपस्थिति नभए पनि चार/पाँच जनाको समूहमा रहेका बन्दकर्ताले टिप्परमा आगजनी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । तर बन्दकर्ता आगजनी गरेको भागेका छन् । उनीहरुको खोजी र अनुसन्धाना शुरु गरिएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार दलले आज नेपाल बन्दको घोषणा गरेका छन् ।

आफ्नो पार्टीका नेताहरुलाई विगतमा भएको तीन बुँदे राजनीतिक सहमतिविपरीत सरकारले पक्राउ पुर्जी जारी गरेको र भ्रष्टाचार तथा महँगी बढिरहेको भन्दै त्यसविरुद्ध बन्द आह्वान गरिएको छ ।

आज बिहानै काठमाडौँका दुई ठाउँमा यात्रुबस तोडफोड गरिएको छ । थापागाउँमा र कोटेश्वरमा बसमाथि तोडफोड भएको हो ।

बिहान करिब ७ बजे थापागाँउको पाठशाला स्कुलनजिक नेपाल यातायातको बा ४ ख ९०१९ नम्बरको बसमा तोडफोड भएको छ ।

यसैगरी बिहान साढे ६ बजे कोटेश्वरमा महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बसमा तोडफोड गरिएको थियो । सो बसमा बन्दकर्ता ५ जनाको समूहमा आएका बन्दकर्ताले तोडफोड गरेका हुन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार दलले आज नेपाल बन्दको घोषणा गरेका छन् । सोही क्रममा बन्दको अवज्ञा गरेको भन्दै बसमाथि तोडफोड भएको हो । तर तोडफोडमा संलग्नहरु भागेकाले पहिचान हुन सकेको छैन ।

विप्लव समूहका नेताहरुलाई विगतमा भएको तीन बुँदे राजनीतिक सहमतिविपरीत सरकारले पक्राउ पुर्जी जारी गरेको र भ्रष्टाचार तथा महँगी बढिरहेको भन्दै त्यसविरुद्ध बन्द आह्वान गरिएको छ ।

Source-news24nepal

प्रकाशित मिति २०७९ भदौ ७ गते मङ्गलबार ०८:४६
प्रतिक्रियाहरु