भोज खुवाएर यति धेरै नेता कार्यकर्ता पार्टी प्रवेश गराउँदै एमाले !

भोज खुवाएर यति धेरै नेता कार्यकर्ता पार्टी प्रवेश गराउँदै एमाले !

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ ७ गते मङ्गलबार ०३:३२

काठमाडौं । मधेस प्रदेशका ३ पालिकाका विभिन्न राजनीतिक दलका २०० नेता कार्यकर्ता एमाले प्रवेश गर्दैछन् । पार्टी कार्यालय च्यासलमा एमालेले स्थायी कमिटी बैठकपश्चात् पार्टी प्रवेश गराउने भएको हो । मधेस प्रदेशको पर्सा जिल्लाबाट...

काठमाडौं ।

मधेस प्रदेशका ३ पालिकाका विभिन्न राजनीतिक दलका २०० नेता कार्यकर्ता एमाले प्रवेश गर्दैछन् ।

पार्टी कार्यालय च्यासलमा एमालेले स्थायी कमिटी बैठकपश्चात् पार्टी प्रवेश गराउने भएको हो ।

मधेस प्रदेशको पर्सा जिल्लाबाट आएका सयौँ नेता कार्यकर्ता एमाले पार्टी कार्यालयको क्यान्टिनमा भोज खाँदैछन् ।

पार्टी प्रवेश गर्नेहरूमा पकाहा मैनपुर गाउँपालिका पूर्वअध्यक्ष जसपाका विजय चौरसिया , मैनपुरकै ३ नम्बरका पूर्ववडाअध्य मदन साह कानु, बिन्दबासिनी

गाउँपालिका पूर्वअध्यक्ष जसपाका श्रीलाल मोदी कानु तथा बिन्दबासिनीकै पूर्वउपप्रमुख कांग्रेसकी किरणदेवी गुप्ता पार्टी प्रवेश गर्न लागेका हुन् ।

यस्तै, नेपाल सुशासन पार्टीको तर्फबाट उपाध्यक्ष उमेदवार श्रीमती अदायादेवी मेहता लगायत २००

जना कांग्रेस, एकीकृत सामाजवादी, जसपा र नेपाल सुशासन पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गर्दैछन् ।

Source- galaxykhabar

प्रकाशित मिति २०७९ भदौ ७ गते मङ्गलबार ०३:३२
प्रतिक्रियाहरु