काठमाडौं – काठमाडौंका व्यापारीहरुको संस्था काठमाडौं उद्योग वाणिज्य संघले महानगरका मेयर बालेन (बालेन्द्र) साहले शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ ।
महानगरले केही दिनदेखि अवैध संरचना हटाउने अभियान सुरु गर्दा साना व्यापारीहरु मर्कामा परेको भन्दै संघले गम्भीर आपत्ति जनाएको हो ।घरधनी र महानगर बीचको विवादको भुङ्ग्रोमा व्यापारीलाई पारिएको संघका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।
अहिलेको विवाद घरबेटी र महानगरको हो, यसमा किन साना व्यवसायीको बिचल्ली बनाइयो ?अध्यक्ष श्रेष्ठ भन्छन्, जननिर्वाचित मेयरले शक्तिको दुरुपयोग गरे, आफ्नो कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार किन हुन्न ?
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका श्रेष्ठले मेयरको अभियानले दशैंको मुखैमा व्यवसायी माथि भएको अन्यायबारे साझा धारणा बनाउन संघको आपतकालीन बैठक बोलाइएको पनि बताए ।
उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले पनि यस विषयमा साझा धारणा बनाउने उनले बताए । ‘काठमाडौं, उद्योग वाणिज्य संघको आपत्कालिन बैठक बस्दै छौं,
महासंघले पनि साझा धारणा बनाउन अध्यक्षसंग कुराकानी गर्दैछु,श्रेष्ठले भने, ‘कोभिड-१९ र आर्थिक संकटको मारमा परेको उद्योगी माथि निर्वाचित मेयरले शक्ति परिचालन सही ठाउँमा गर्नु पर्छ ।
भाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करौडौं लगानी गरेका व्यावसायी माथिको धरपकड तत्काल बन्द गरिनु पर्ने पनि अध्यक्ष श्रेष्ठले बताए ।
त्यस्तै, नयाँ बानेश्वरस्थित ‘अल्फा हाउस’का संचालक द्विराज शर्मा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच चर्काचर्की भएको छ।
अल्फा हाउस’ पार्किङका लागि छुट्याइएको भवन भाडामा लगाएर फुटपाथमा पार्किङ गरेको समाचार बाहिरिएपछि मेयर शाह प्रहरी सहितको टोली लिएर अनुगमनका लागि पुगेका थिए। त्यहाँ केहीबेर शाह र शर्माबीच चर्काचर्की नै भएको थियो।
शर्माले बालेन्द्रलाई ‘तपाईं डन हो?भन्दै प्रश्न गरेका थिए। जवाफमा शर्माले ‘ए बालेन सर तपाईं आवेगमा आएर नबोल्नुस्। तपाईं हाम्रै प्रतिनिधि होइन?भनेर प्रतिप्रश्न गरेका थिए।
शर्माले भने, ‘तपाईंले मलाई थर्काउन खोज्नुभएको हो?, यसरी डन भएर आउने होइन्।’ बालेन्द्रले ‘तपाईंको घरको नक्सा म सँग हुन्छ?’ भनेर प्रश्न गर्दा चर्काचर्की सुरु भएको हो।Source-anpurnatimes
प्रकाशित मिति २०७९ भदौ ९ गते बिहिबार ०२:२७