काठमाडौं ।
काठमाडौं महानगरपालिकाले गौशलास्थित मुक्तिनाथ बिकास बैंक तत्काल हटाउन निर्देशन दिएको छ । महानगरपालिकाले स्टोरका लागि स्वीकृति लिएको अन्डरग्राउन्डमा बैंकको शाखा राखिएकाले तत्काल हटाउन निर्देशन दिएको हो ।
नगर प्रहरी...
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले गौशलास्थित मुक्तिनाथ बिकास बैंक तत्काल हटाउन निर्देशन दिएको छ । महानगरपालिकाले स्टोरका लागि स्वीकृति लिएको अन्डरग्राउन्डमा बैंकको शाखा राखिएकाले तत्काल हटाउन निर्देशन दिएको हो ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार गौशालास्थित मुक्तिनाथ विकास बैंक रहेको भवनसमेत जानकारी लिने र आवश्यकता अनुरुपको निर्देशन र कारबाहीको प्रक्रिया अघि बढाउने भन्दै खाली गर्न निर्देशन दिइएको हो ।
गत सोमबारदेखि अवैध संरचना हटाउने अभियान सुरु गरेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको नेतृत्वको टोलीले नयाँ बानेश्वरस्थित शङ्खमूल बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउन्ड तत्काल खाली गर्न निर्देशन दिइसकेका छन् ।
हिजौ मात्रै पनि महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मल र न्यूरोडस्थित आरबी कम्प्लेक्सको अनधिकृत संरचनामा डोजर चलाइएको थियो ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७