गठबन्धन गरेर चुनाव लड्नु कायरता र ठगी हो : लामिछाने

गठबन्धन गरेर चुनाव लड्नु कायरता  र ठगी हो : लामिछाने

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ ११ गते शनिवार ०४:१२

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गठबन्धन गरेर चुनाव लड्नु ठगीका लागि भएको बताएका छन् । पार्टीको उपत्यकास्तरीय भेलालाई शनिबार खुलामञ्चमा सम्बोधन गर्दै लामिछानेले विभिन्न टुक्रा-टुक्रा विभाजित पार्टीहरु...

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गठबन्धन गरेर चुनाव लड्नु ठगीका लागि भएको बताएका छन् । पार्टीको उपत्यकास्तरीय भेलालाई शनिबार खुलामञ्चमा सम्बोधन गर्दै लामिछानेले विभिन्न टुक्रा-टुक्रा विभाजित पार्टीहरु एक भएर चुनाव लड्नु ठगीबाहेक केही नभएको बताएका हुन् ।

सत्तारुढ दलहरुको चुनावी गठबन्धनप्रति संकेत गर्दै लामिछानेले एक्ला एक्लै चुनाव लड्न चुनौती दिएका हुन् । आफूहरुले राजनीति गर्न नजानेको भन्ने टिप्पणीप्रति जवाफ दिँदै उनले भने,’राजनीति सिक्दै गरौंला, यसपटक ती पुराना पार्टीहरुलाई जिताउन हुँदैन ।

उनले बा पुस्ताका नेताहरुलाई आगामी चुनावमा नजिताउन समेत आग्रह गरे ।

ओखलढुंगामा जन्मेर ३४ सालमा जागिरको सिलसिलामा चितवन आएका पोखरेल जिल्लाका पुराना राजनैतिक व्यक्तित्व हुन् । ५० को दशकपछि पोखरेल राजनीतिभन्दा साहित्य, समीक्षा र समाज अध्ययनमा व्यस्त छन् ।

सामाजिक जीवनसँग सम्बन्धित थुप्रै किताबहरू लेखेका पोखरेलको यो १९ औं पुस्तक हो ।

यो पुस्तकमा उनले चितवनको प्रागैतिहासिक खाल खण्डदेखि हालसम्मका सामाजिक पक्षलाई समेटेको समीक्षक केदारनाथ खनालले बताए ।

चितवनमा आदिमानवको बसोबासको सम्भावनादेखि यहाँका आदिवासी समुदायको अवस्था, संस्कार संस्कृतिलाई उजागार गरेको उनको भनाइ छ । पुस्तकमा संस्कृति र सभ्यताको अर्थ र महत्वका बारेमा पनि चर्चा छ ।

चितवन बुझ्न चाहनेका लागि पुस्तक निकै उपयोगी भएको कार्यक्रमका प्रमुख अतिथि विजय सुवेदीले बताए । चितवनका बारेमा सुनिने कथा, किम्बदन्ती, ऐतिहासिक दस्तावेज र विभिन्न विद्वान्‌हरूले गरेको अध्ययन,

अनुसन्धान र तर्कलाई एकै ठाउँ राख्ने क्रममा पुस्तक तयार भएको लेखक डीआर पोखरेलले सुनाए । चितवनको भौगोलिक अवस्था र मानव बसोबासको इतिहास केलाउने जमर्को गरेको उनको भनाइ छ ।

 

प्रकाशित मिति २०७९ भदौ ११ गते शनिवार ०४:१२
प्रतिक्रियाहरु