अन्ततः भत्किने नै भयो गठबन्धन, एकाबिहानै घटेको यो एउटै घटना बन्यो कारण

अन्ततः भत्किने नै भयो गठबन्धन, एकाबिहानै घटेको यो एउटै घटना बन्यो कारण

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ १३ गते सोमबार १०:५९

काठमाडौं । वर्तमान सत्तागठबन्धन फुट्ने भत्किने सम्भावना ह्वात्तै बढेर गएको छ । आसन्न चुनावमा भागबण्डा नमिलेर गठबन्धन भत्किनेतर्फ अगाडी बढेको हो । अप्राकृतिक भनेर टिप्पणी हुदै आएको यो गठबन्धनलाई भत्काउने खेल गठबन्धनभित्रकै...

काठमाडौं ।

वर्तमान सत्तागठबन्धन फुट्ने भत्किने सम्भावना ह्वात्तै बढेर गएको छ । आसन्न चुनावमा भागबण्डा नमिलेर गठबन्धन भत्किनेतर्फ अगाडी बढेको हो । अप्राकृतिक भनेर टिप्पणी हुदै आएको यो गठबन्धनलाई भत्काउने खेल गठबन्धनभित्रकै शीर्ष नेताहरुबाट सुरु भएको छ । गठबन्धनका शीर्ष नेताले एकैदिन दिएको अभिव्यक्तीले सत्ता गठबन्धनका नेताकार्यकर्ताहरुमा निराशा छाएको छ ।

उनीहरुले दिएको एउटै अभिव्यक्तीको घटनाले गठबन्धन भित्रभित्रै भत्किसकेको पुष्टि समेत हुन थालेको छ । गठबन्धनको कुनै विकल्प छैन, काग्रेससँग मिलेर नै जाने हो,

एमालेलाई देखाइदिने हो भन्दै एकै स्वरले बोल्ने गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको बोली एकै पटक फेरिएको छ ।

नेपाली काग्रेसका सभापती शेरबहादुर देउवालाई बुढानिलकण्ठ स्थित देउवाको घरैमा बिहानै बेलुकै पुगेर प्रधानमन्त्री बनिदिनु पर्यो हजुर भनेर बिन्ति बिसाएका प्रचण्ड र माधव नेपाल मंसिर ४

गते हुने प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा पनि काग्रेस सँगै गठबन्धन गरेर आफ्नो भाग सुरक्षित गर्ने पक्षमा रहेका छन् तर उनीहरुका लागी यो खेल पनि धेरै सजिलो देखिएको छैन ।

गठबन्धन गर्ने भनेर सैद्धान्तीक सहमती भए पनि भागबण्डामा कुरा मिल्न नसक्दा भित्र भित्रै गठबन्धन मक्किएको चर्चा पनि चल्न थालेको छ । जम्मा १६५ सिटका लागी हुने प्रत्यक्ष तर्फको निर्वाचनमा २५० भन्दा बढि सिटका लागी गठबन्धन भित्रका दलहरुले दाबी पेस गरे पछि बिषय थप पेचिलो बन्न थालेको छ ।

मिल्ने भन्ने तर मिल्न नसक्ने अवस्थामा पुगेको गठबन्धन भित्र भित्रै फुटि सकेको त होइन ? भन्ने आशंका पैदा भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको बोली एकै पटक रहस्यम ढंगले फेरिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले काग्रेसले परिस्थितिलाई बुझ्न नसके छुट्टै गठबन्धन बनाएर जानु पर्ने बताएका छन् भने एस पार्टीका अध्यक्ष माधव कुमार नेपालले पनि धेरै फुर्ति नदेखाउन काग्रेसलाई चेतावनी पनि दिएका छन् । नेपालले त काग्रेसलाई एक्लै चुनाव जितेर देखाउन च्यालेन्जनै दिएका छन् ।

प्रचण्ड र नेपालको एकै पटक फेरिएको बोलीले गठबन्धन भित्र भित्रै धमिराले खाएको काठ जस्तो अवस्थामा पुगि सकेको हुन सक्ने विश्लेषण पनि सुरु भएको छ ।

केहि दिन अघि मात्रै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गएर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरे लगत्तै फेरीएको प्रचण्ड र नेपालको बोलीले पनि राजनितिक बजारमा नयाँ तरंग गएको छ ।

प्रचण्डलेले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको मुख्य घटक कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्ने बताएका छन् ।

कांग्रेसका शेखर कोइराला पक्षले गठबन्धनमा रहेका अन्य दलहरूलाई प्रतिनिधिसभामा ६५ सिटभन्दा बढी दिन नसकिने भनिरहेका बेला दाहालले त्यस्तो परिस्थितिमा वामपन्थी दलहरूको गठबन्धन बन्ने बताएका हुन् । source: praharnews

प्रकाशित मिति २०७९ भदौ १३ गते सोमबार १०:५९
प्रतिक्रियाहरु