काठमाडौं -: प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि र भूमि क्षेत्रको समस्याहरुको समाधान रोक्ने एक मात्र व्यक्ति माधव कुमार नेपाल भएको बताएका छन् । भूमिसम्बन्धी आयोगलाई पूर्ण हुनै नदिएर सबै काममा नेपालले भाँजो हालेको उनले बताए ।
नेता नेपालले भूमिको काम गर्नका लागि लागेको समयमा तत्कालीन भूमि व्यवस्थामन्त्री पद्मा अर्याललाई भेटेर काम रोक्न निर्देशन दिएको भन्दै देवी ज्ञवालीलाई पनि नेपालले काम गर्न रोकेको आरोप लगाए ‘।
आयोगलाई पूर्णता दिएर काम गर्न लागेको समयमा नेपालले आफ्ना मान्छेका लागि बार्गेनिङ गर्ने तथा अवरोध गर्ने गरेको ओलीको आरोप छ । आफ्ना अभिष्टहरु पूरा नभएपछि पार्टी छाडेर हिँडेको उनले बताए ‘।
अहिले आफूहरु बन्दको आयोजना गरेर ल्याण्डक्रुजर र स्कुटरमा हिँडेर जनताले कति दुःख पाए त भनेर हेर्दै गरेको पनि उनले आरोप लगाए । ठूला यात्रुवाहक बन्द गराएर लाज पचाएर सडकमा स्कुटरमा हिँडेको भन्दै ओलीले नेपालमाथि व्यङ्ग्य गरे’।
प्रकाशित मिति २०७७ माघ २२ गते बिहिबार ०४:२०