kathmandu
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड राजनितिलाई सम्भावनाको खेल भन्ने गर्दछन् । सम्भावनाको खेल भनेरनै उनले संविधान जारी भए यता नेकपा माओवादी केन्द्रलाई सँधै सत्तामा राखि राख्न सफल भएका छन् ।
संविधान जारी भए पछि काग्रेस , एमाले पटक पटक कहिले सत्ता मा त कहिले प्रतिपक्षमा भइरहेका छन् तर कहिले एमाले त कहिले काग्रेस सँग मिलेर नेकपा माओवादी केन्द्र भने सदैव सत्ताको हालीमुहालीमा लिप्त छ । अहिले शेरबहादुर देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाएको अपार खुशियालीमा रमाइरहेका प्रचण्ड फेरी पनि काग्रेस सँगै गठबन्धन गरेर आगामी पाँच बर्ष सत्ताको चाबी आफ्नो हातमा राख्ने दाउमा रहेका छन् ।
केहि समय अघि सम्म गठबन्धनको विकल्प छैन , एमालेलाई देखाइदिनका लागी पनि काग्रेससँगै गठबन्धन गर्ने हा,े शेरबहादुर देउवा बढो व्यवहार कुुशल नेता हो भन्ने गरेका प्रचण्ड विस्तारै परिवर्तन हुँदै गएका छन् उनी अहिले फेरी आन्दोलनको भाषा बोल्न थालेका छन् भने काग्रेसले परिस्थितिलाई बुझ्न नसके एमाले बाहेकको गठबन्धन गरेर जाने पनि बताउन थालेका छन् ।
रोचक संयोग त कस्तो छ भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको बोली एकै पटक फेरीएको छ । उनीहरुले दुवैलै काग्रेससले धेरै घमण्ड गरे देखाइदिने चेतावनी दिन थालेका छन् ।
प्रचण्डले एक स्टेप अघि बढेर माओवादीलाई सिध्याउने खेल चलिरहेको समेत भनेका छन् । माओवादी आन्दोलनलाईनै अपमानित गर्ने र सिध्याउने खेल चलिरहेको र चुनावको बेलामा यो खेल झनै चर्को हुन सक्ने भन्दै फेरी एक पटक भिड्नु पर्ने अवस्था आउन सक्ने सम्म पनि बताएका छन् । प्रचण्डले पछिल्ला केहि दिन यता अर्थपुर्ण अभिव्यक्ति दिइरहेका छन् ।
काग्रेसले परिस्थिति नुबुझे एमाले बाहेकको छुट्टै बाम गठबन्धन गर्ने प्रचण्डको घोषणा , एक्लै चुनाव जितेर देखाउन काग्रेसलाई नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले दिएको चेतावनी ,
सय सिट नदिए गठबन्धन गर्न नसकिने काग्रेसका शेखर कोइराला पक्षका नेताहरुको अडान यी सबै चिजले भित्र भित्रै केहि नयाँ खेल चलिरहको स्पष्ट चित्र देखिएको छ ।
केहि दिन अघि प्रचण्ड चितवन गएका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी केपी ओली एमालेको हाइ कमाण्ड सहित बालुवाटार पुगेका थिए ।
ओली र देउवा विच भएका धेरै कुराहरु बाहिर आए पनि केहि महत्पुर्ण कुराहरु गोप्य राखिएका थिए जुन कुराको सुइको पाए पछि प्रचण्ड र माधव नेपाल थप अत्तालिएका छन् ।
स्रोतले ओटिभि नेपाल डटकमलाई दिएको सुूचना अनुसार ओलीले देउवालाई प्रचण्ड र माधव नेपालसँग एमाले र काग्रेस दुवै पार्टीले गठबन्धन नगरौँ भनेर प्रस्ताव गरेका थिए ।
काग्रेसले गठबन्धन नगरे एमालेले गर्छ भन्ने तनाव तपाइलाई हो भने दुवै पार्टीले गठबन्धन नगरौँ भनेर लिखित रुपमै भद्र सहमती गर्न एमाले तयार छ भनेर ओलीले भनेको बताइएको छ ।
माओवादी र माधव नेपालसँग गठबन्धन गर्दा काग्रेस भित्रै पनि तपाइको धेरै आलोचना भइरहेको र प्रचण्डले काग्रेस र एमाले भित्र खलेर अस्थिरता मच्चाइरहेको भन्दै ओलीले यो कुरा राम्रोसँग बुझ्न देउवालाई भनेका थिए । प्रचण्डको अस्थिर चरित्रका कारण लोकतन्त्रनै ख त रामा परेको पनि ओलीले देउवालाई भनेका थिए । source: otvnepal
प्रकाशित मिति २०७९ भदौ १४ गते मङ्गलबार ०४:२२