काठमाडौँ । नेपाली कांग्रेस नेतृत्वमा माओवादीसहितको वाम–लोकतान्त्रिक गठबन्धन बनेपछि २०७४ को सबैभन्दा ठूलो दल नेकपा एमाले अहिले प्रतिपक्षमा छ।
२०७४ को आमनिर्वाचनमा नेकपा माओवादी केन्द्रसँग मिलेर वाम गठबन्धन गर्दा दुई दलको संयुक्त मत करिब दुईतिहाइ नजिक थियो।
तर उक्त निर्वाचनपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले दुई पटकसम्म संसद विघटन गरिदिएपछि त्यसबेलाको दुईतिहाइ मत छिन्नभिन्न भइसकेको छ।
अहिले माओवादी कांग्रेससँग मिलेर मंसिर ४ का लागि चुनावी तयारी गरिरहेको छ। अर्कातिर उसको कुनै बेलाको सहयात्री एमाले एक्लै चुनावी तयारीमा होमिएको छ।
२०७४ को चुनावमा एमाले र माओवादी गठबन्धन गरेर जाँदा प्रत्यक्षतर्फ ४५.७१ प्रतिशत मत ल्याउन सफल भएका थिए। प्रत्यक्षतर्फ १०३ सिटमा उठाएको एमालेले ३०.६८ प्रतिशत मत ल्याएको थियो।
अर्कातिर एमालेसँग तालमेल गरेको माओवादीको मत १५.०३ प्रतिशत थियो। उता एक्लै १५४ स्थानमा उम्मेदवारी दिएको कांग्रेसको मत ३५.७४ प्रतिशत थियो।
उक्त ३४ प्रतिशत मतमा १६ प्रतिशत थप्ने योजना एमालेले बनाएको हो। ओलीले पनि उक्त ३४ प्रतिशतमा १६ प्रतिशत मत थपेर ५० प्रतिशत पु¥याउने योजना केन्द्रीय कमिटीमा पेश गरेको दस्तावेजमा उल्लेख गरेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले १०–११ भदौमा बसेको चौथो केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा १६ प्रतिशत मत थप्न सकिएमा बहुमत पुग्ने तर्क गरेका छन्।
गत मंसिरमा भएको दशौं महाधिवेशनसम्म एमालेका ८ लाख ५५ हजार संगठित सदस्य थिए। त्यो संख्या पार्टी प्रवेश क्रमले अझै बढेको दाबी एमालेको छ। एमालेले अहिले संगठित सदस्यता संख्या ११ लाख पुगेको बताइरहेको छ।
अर्कातिर २०७४ को समानुपातिक निर्वाचन प्रणालीतर्फ एमालेले ३३.२५ प्रतिशत मतसहित ठूलो दल बनेको थियो। यो प्रणालीमा कांग्रेसको पक्षमा ३२.७७ प्रतिशत मत झरेको थियो। माओवादीको पक्षमा प्रत्यक्षमा भन्दा कम अर्थात् १३.६५ मत आएको थियो।
माधव नेपाल नेतृत्वको समूहले नयाँ पार्टी खोलेको तथा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन पनि रहेको अवस्थामा त्यो १६ प्रतिशत एमालेले कसरी थप्न सक्छ त?
त्यो १६ प्रतिशत भनेको २०७४ मा माओवादीले प्रत्यक्षतर्फ ल्याएको १५.०३ प्रतिशतभन्दा पनि धेरै हो। माधव नेपालले गत वर्ष साउनमा नयाँ पार्टी बनाउँदा एमालेको करिब ९ प्रतिशत जनमत लिएर गएका थिए।
ग्रेसलाई ठूलो दल भन्नु गलत हुने बताए। ’अध्यक्ष–उपाध्यक्ष, मेयर–उपमेयर र सातवटै पदको मत हेर्दा पनि एमाले नै ठूलो पार्टी हो’, उनले भने, ’लोकप्रिय मत एमालेको पक्षमा छ।’
पोखरेलले नेपाली कांग्रेस र माओवादी दुवैले चुनावमा एमालेसँग एक्ला एक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसकेको पनि जिकिर गरे।
’एमालेसँग भिड्न पाँच दल बाहिरका पनि शक्तिलाई ल्याउने कोसिस कांग्रेसले गरिरहेको छ’, उनले भने, ’आगामी आमनिर्वाचन गठबन्धन भर्सेस बलियो राष्ट्रिय शक्तिका रुपमा हुनेछ।’
उनले नेपालका पुराना राजनीतिक दलमध्ये एउटा कांग्रेसले नीतिगत सामर्थ्य गुमाइसकेको तर्क पनि गरे। ’कांग्रेसले नीतिगत सामर्थ्य गुमाइसकेको छ’, उनले भने, ’एमाले नीतिगत नेतृत्वका माध्यमबाट समृद्धिको नेतृत्व गर्न चाहन्छ।’
स्थानीय तह निर्वाचनको ३४ प्रतिशत मतमा आगामी निर्वाचनमा १६ प्रतिशत थप्ने योजनाअन्तर्गत एमालेले ११ लाख संगठित सदस्यबाट दुई दुई मत बढाउने योजना बनाएको छ।
तर महासचिव पोखरेलले ८ लाख मात्रै संगठित सदस्यको हिसाब पत्रकारहरुलाई सुनाए।५० प्रतिशत मत पु¥याउने सन्दर्भमा १६ प्रतिशत मतको अभाव भनेर हाम्रा अध्यक्षको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ’, महासचिव पोखरेलले भने,
त्यो १६ प्रतिशत मत वृद्धि भनेको शतप्रतिशत विजय हाँसिल गर्ने कुरा हो। अहिले हामी बहुमतको कुरा गरिरहेका छौँ। बहुमत ल्याउन सबै संगठित सदस्यका माध्यमबाट भोट वृद्धि गर्दा पर्याप्त हुन्छ।
प्रकाशित मिति २०७९ भदौ १४ गते मङ्गलबार ०६:४६