काठमाडौँका यी २ क्षेत्रबाट उम्मेदवार सिफारिस भए पूर्वमेयर विद्यासुन्दर

काठमाडौँका यी २ क्षेत्रबाट उम्मेदवार सिफारिस भए पूर्वमेयर विद्यासुन्दर

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ १६ गते बिहिबार ११:३३

नेकपा एमालेले काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले आआफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । तीमध्ये तीनवटा क्षेत्रबाट एक–एक जनामात्रै उम्मेदवार...

नेकपा एमालेले काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले आआफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । तीमध्ये तीनवटा क्षेत्रबाट एक–एक जनामात्रै उम्मेदवार पठाएको छ ।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई दुई ठाउँबाट संघीय सांसदको उम्मेदवरका रुपमा नेकपा एमालेले सिफारिस गरेको छ।

शाक्यको नाम काठमाडौं क्षेत्र नम्बर ७ बाट संघीय सांसदको उम्मेदवारका लागि सिफारिस भएको हो। क्षेत्र नम्बर ७ बाट यसअघि ललितपुरबाट उठ्दै आएका रघुजी पन्तसको नाम पनि सिफारिस भएको छ।

शाक्य र पन्तसँगै इन्दिरा पन्त, बीपी ढकाल र श्याम घिमिरेको नाम पनि संघीय सांसदको उम्मेदवारका लागि एमालेले सिफारिस गरेको छ। एक क्षेत्रबाट बढीमा ३ जनाको मात्रै नाम पठाउन एमालेको निर्देशन थियो।

त्यस्तै पूर्वमेयर शाक्यको नाम काठमाडौं क्षेत्र नम्बर ९ बाट पनि सिफारिस भएको छ। एमालेले यो क्षेत्रबाट पूर्वमन्त्री एवम् स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य र डा. अजय क्रान्ति शाक्यको नाम पनि सिफारिस गरेको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका राजुराज जोशीलाई हराउँदै मेयर बनेका शाक्यको सुस्त कार्यशैलीका कारण एमालेले चर्को आलोचना खेप्नुपरेको थियो। शाक्यकै कार्यअक्षमताका कारण समेत एमालेले यो स्थानीय तह निर्वाचनमा पकड हुँदा हुँदै पनि मेयर पद गुमाएको थियो।

अनेक विवादमा परेपछि मेयरका उम्मेदवार केशव स्थापित बालेन्द्र शाहसँग पराजित भएका थिए। स्थापितलाई खुलेर सहयोग नगरेको आरोप उनीमाथि लागेको थियो।

यी हुन् सिफारिस भएका उम्मेदवार:

क्षेत्र नम्बर १ः विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई
क्षेत्र नम्बर २ः मणीराम फुयाल
क्षेत्र नम्बर ३ः कृष्ण राई
क्षेत्र नम्बर ४ः डा.राजन भट्टराई, निर्मल कुइकेल
क्षेत्र नम्बर ५ः ईश्वर पोखरेल

क्षेत्र नम्बर ६ः योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना
क्षेत्र नम्बर ७ः इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य, रघुजी पन्त
क्षेत्र नम्बर ८ः राजेश शाक्य
क्षेत्र नम्बर ९ः कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य
क्षेत्र नम्बर १०ः विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन

प्रकाशित मिति २०७९ भदौ १६ गते बिहिबार ११:३३
प्रतिक्रियाहरु