गगन थापासँग भिड्न एमालेले सिफारिस गर्यो यी दुई उम्मेदवार गयो गगन थापाको सात्तो

गगन थापासँग भिड्न एमालेले सिफारिस गर्यो यी दुई उम्मेदवार गयो गगन थापाको सात्तो

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ १६ गते बिहिबार ०१:२४

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग प्रतिस्पर्धाका लागि नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ बाट दुईजनाको नाम सिफारिस गरेको छ। एमालेका १० वटै क्षेत्रीय कमिटीको बुधबार बसेको बैठकबाट काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा...

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग प्रतिस्पर्धाका लागि नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ बाट दुईजनाको नाम सिफारिस गरेको छ।

एमालेका १० वटै क्षेत्रीय कमिटीको बुधबार बसेको बैठकबाट काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा उम्मेदवारका लागि डा. राजन भट्टराई र निर्मल कुइँकेलको नाम सिफारिस गरेको हो।

एमालेबाट सिफारिस भएका भट्टराई यसअघि २०७४ को आमनिर्वाचनमा थापासँगै पराजित भएका नेता हुन्। भट्टराई अहिले एमालेको विदेश विभाग प्रमुख छन्।

त्यसबेला गगनले २१ हजार ५५८ मत ल्याएका थिए। उनीसँग पराजित १८ हजार १४० मत ल्याउन सफल भएका थिए।एमालेबाट सिफारिस निर्मल कुइँकेल २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका थापासँगै पराजित भएका थिए।

गगनले यस पटक पनि काठमाडौं ४ बाटै उठ्ने निर्णय लिएका छन्। उनको नामबारे अन्य क्षेत्रमा चले पनि तर आफूले काठमाडौं ४ नछाड्ने थापाले बताएका छन्।

उनले कास्की- १ बाट आफ्नो नाम सिफारिस भएकामा धन्यवाद दिएका छन् । त्यसलाई ‘पार्टीका साथीहरूले’ सद्भाव राखेको भन्दै थापाले धन्यवाद दिएका हुन् ।

बुधबार उनले काठमाडौँको निर्वाचन क्षेत्र- ४ मा उम्मेदवार बन्न आवेदन दिएका हुन्। यस अघिको निर्वाचनमा पनि थापाले सोहि स्थानमा चुनाव जितेका थिए।

२०७३ सालमा छाेटाे समय स्वास्थ्य मन्त्री बनेका उनले नेपालकाे स्वास्थ्य क्षेत्रमा निकै सुधार गरेका थिए । जसकाे प्रभाव स्वरुप अहिले नेपाली जनताले त्यसकाे सेवा सुविधा उपभाेग गर्न पाईरहेका छन् ।

Source-anpurnatimes

प्रकाशित मिति २०७९ भदौ १६ गते बिहिबार ०१:२४
प्रतिक्रियाहरु