चोलेन्द्रले ओलीलाई हटाउने परमादेश जारी गर्नुको कारण खोलेपछि एमाले दियो यस्तो प्रतिक्रिया

चोलेन्द्रले ओलीलाई हटाउने परमादेश जारी गर्नुको कारण खोलेपछि एमाले दियो यस्तो प्रतिक्रिया

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ १६ गते बिहिबार ०४:०६

काठमाडौँ- संसद्‌मा महाअभियोग प्रस्ताव दर्ता भई निलम्बित रहेका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग सिफारिस समितिमा दिएका जवाफबाट आफू दंग भएको नेकपा एमालेका संसदीय दलका उपनेता सुवासकुमार नेम्वाङले बताएका छन्। प्रधान...

काठमाडौँ- संसद्‌मा महाअभियोग प्रस्ताव दर्ता भई निलम्बित रहेका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग सिफारिस समितिमा दिएका जवाफबाट आफू दंग भएको नेकपा एमालेका संसदीय दलका उपनेता सुवासकुमार नेम्वाङले बताएका छन्।

प्रधान न्यायाधीश राणा बुधबार र बिहीबार महाअभियोग सिफारिस समितिमा अदालत, न्यायाधीशहरु, बारका तत्कालीन पदाधिकारीहरु, संसदलगायत सबैतिर खनिएका थिए। उपनेता नेम्वाङले राणाका जवाफप्रति इंगित गर्दै भने- ‘उहाँका अभिव्यक्तिबाट हामी दंग छौँ।’

समितिमा सोधपुछका क्रममा प्रधान न्यायाधीश राणाले महाअभियोग राजनीतिक उद्देश्यले ल्याएको बताएका थिए। उपनेता नेम्वाङले पनि आफूले पटकपटक प्रधान न्यायाधीश राणामाथिको महाअभियोग पारित गर्ने उद्देश्यले भन्दा राजनीतिक उद्देश्यले ल्याएको बताएको स्मरण पनि गरे।

उपनेता नेम्वाङले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपालमाथिको मुद्दा अगाडि बढाउनुपर्छ भन्ने आवाज बाहिर आउँदा प्रधान न्यायाधीश राणामाथि महाअभियोग अगाडि बढाइएको दाबी गरे। चोलेन्द्रशमशेर राणाले सिफारिस समितिमा गठबन्धन सरकारले आफूमाथि प्रतिशोध साधेको जवाफ दिएका थिए।

नेम्वाङले गत असार २८ गतेको परमादेशमा दलीय ह्वीप नलाग्ने उल्लेख भएकामा संसदीय मान्यताको आधारभूत मान्यता विपरीत चलखेल भएको बताए।

‘न्यायाधीशहरुले प्रभावित भएर चलखेल गरेको हामीले भन्दै आएका थियौँ,’ नेम्वाङले भने, ‘प्रधान न्यायाधीश राणाले पनि यही दोहोर्‍याउनुभयो।’

चोलेन्द्र शमशेर जबराले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई परमादेशमार्फत सत्ताच्युत गर्ने सन्दर्भमा सर्वोच्च अदालतको संवैधानिक इजलासका कतिपय न्यायाधीशहरुलाई आश्वासन दिइएको खुलासा गरेका थिए  ।

Source-anpurnatimes

प्रकाशित मिति २०७९ भदौ १६ गते बिहिबार ०४:०६
प्रतिक्रियाहरु