नेपाली काग्रेसका सभापती शेरबहादुर देउवालाई सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनाउनका लागी न्वानर देखीको बल लगाएर दौडने मध्येका एक थिए वरिष्ठ अधिवक्ता शम्भु थापा । थापाले त्यत्ति बेला के सम्म गरेका थिए भन्ने दुनियाँको अगाडी जग जाहेरनै छ ।
तत्कालिन समयमा नेपाली काग्रेसका सभापती शेरबहादुर देउवालाई परमादेशबाट प्रधानमन्त्री तोक्ने गरि माग भएको रिट माथी सुनवाइ
गर्नका लागी प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले बनाएको इजलासनै समेत पनि थापा लगायतको जबर्जस्तीले परिवर्तन भएको थियो र न्यायाधिशहरु परिवर्तन गरेर बनाइएको अर्को इजलासले परमादेश जारी गरेर देउवालाई प्रधानमन्त्री तोेकेको थियो ।
कुरा त्यत्तिमा मात्रै सकिएको छैन देउवा परमादेशबाट प्रधानमन्त्री बने पछि वरिष्ठ अधिवक्ता थापाले सार्वजनिक रुपमै आफुहरुले इजलासनै परिवर्तन गरेर परमादेश जारी गर्न सफल भएको भन्दै अब गुन गर्ने पालो गठबन्धनको भएको बताएका थिए ।
गठबन्धनले पनि गुन गरेर थापालाई मन्त्री बनाउन खोजे पनि तत्कालिन समयमा चर्को विरोध भए पछि उनी पछि हटेका थिए ।
हाक्काहाकी सार्वजनिक रुपमै हामीले गुन गर्यौ अब गुन गर्ने पालो गठबन्धनको भन्ने शभ्भु थापाको त्यस पछिका रहस्यहरु बल्ल खुल्न थालेका छन् ।
निलम्बित प्रधानन्यायाधिश चालेन्द्र शमशेर जबराले महाअभियोग छानविन समितीमै थापा लगायत अन्य वरिष्ठ अधिवक्ताहरुको समेत पोल खोलिदिएका छन् ।
प्रकाशित मिति २०७९ भदौ १७ गते शुक्रबार ११:२५