गगनलाई प्रधानमन्त्री र स्वर्णिमलाई अर्थमन्त्रीको प्रस्ताव गरेर चुनावमा जान सुझाव

गगनलाई प्रधानमन्त्री र स्वर्णिमलाई अर्थमन्त्रीको प्रस्ताव गरेर चुनावमा जान सुझाव

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ १८ गते शनिवार ०८:३३

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लिएर अहिले सत्ता गठबन्धनमा सिट बाँडफाँडमा रस्साकसी चलिरहेका बेला पूर्वसचिव शारदाप्रसाद त्रितालले नयाँ विकल्पसहित सुझाव दिएका छन्। उनले कांग्रेस महामन्त्री गगनकुमार...

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लिएर अहिले सत्ता गठबन्धनमा सिट बाँडफाँडमा रस्साकसी चलिरहेका बेला पूर्वसचिव शारदाप्रसाद त्रितालले नयाँ विकल्पसहित सुझाव दिएका छन्।

उनले कांग्रेस महामन्त्री गगनकुमार थापालाई भावी प्रधानमन्त्री र स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीको प्रस्ताव गरेर चुनावमा जान कांग्रेसलाई सुझाव दिएका हुन्।

‘नेकपा एमालेले आफ्नो अध्यक्ष के पी शर्मा ओलीलाई अबको प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा प्रस्तुत गरेर एउटा माहोल सिर्जना गर्यो । यद्यपि निर्वाचनको माहोल सिर्जना हुने स्तरको सो पार्टीमा अर्को कुनै नेता छैनन् । उहाँ निर्विकल्प हो ।’ उनले फेसबुकमा लेखेका छन्।

उनले निर्वाचन भनेको माहोल सिर्जना गर्नु पनि हो भन्दै कांग्रेसले युवालाई अघिसारेर नयाँ माहोल सिर्जना गर्नु पर्नेमा पनि दोड दिएका छन्।

अब युवा र वेदाग नेताहरुलाई सांसदको टिकट दियो भने एमालेको लागि थप माहोल बन्ने देखिन्छ । नेपाली कांग्रेसले पनि अब कोही नेतालाई चुनाव पछिको प्रधानमन्त्री प्रस्ताव गर्यो भने माहोल सिर्जना हुन्छ ।

‘मेरो विचारमा सांसद गगन थापालाई प्रधानमन्त्री र डा स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रीमा प्रस्ताव गरेर चुनावमा जाने हो भने नेपाली कांग्रेसको लागि अहिलेको अवस्थामा सबैभन्दा राम्रो माहोल बन्नेछ ।’ उनले भनेका छन्।

‘एमालेलाई उछिन्ने हो भने कांग्रेसका लागि यही मात्र विकल्प देखिन्छ ।वर्तमान प्रधानमन्त्री र अरु म बरिष्ठ हुँ, मैले प्रधानमन्त्री हुने अवसर पाउनु पर्छ भनेर धमास दिने नेताहरुको नामै नलिए हुन्छ ।’

युवा र वेदाग नेताहरुलाई उम्मेद्वार बनाउनु जरुरी देखिन्छ । कांग्रेसले यति बुद्धि पुर्याउने हो भने गठबन्धनको रडाको पनि गरिरहनु पर्ने थिएन ।

सबै दलहरुले प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्री र दुईपटक मन्त्री भइसकेका व्यक्तिलाई विश्राम दिएर वेदाग नेता तथा युवाहरुलाई अघि नसारे धेरै स्थानमा स्वतन्त्रहरुले उछिट्याइ दिने निश्चित छ ।

प्रकाशित मिति २०७९ भदौ १८ गते शनिवार ०८:३३
प्रतिक्रियाहरु