भिडियो समाचारको अन्त्यमा राखिएको छ हेर्नुहोस
चुनाव हारिएला कि भन्ने डर लाग्छ – महामन्त्री गगन थापा: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आएपछि
हारिएलाकी भन्ने डर आफूलाई सधैँ हुने गरेको बताएका छन्। काठमाडौंको बुढानीलकण्ठस्थित...
भिडियो समाचारको अन्त्यमा राखिएको छ हेर्नुहोस
चुनाव हारिएला कि भन्ने डर लाग्छ – महामन्त्री गगन थापा: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आएपछि
हारिएलाकी भन्ने डर आफूलाई सधैँ हुने गरेको बताएका छन्। काठमाडौंको बुढानीलकण्ठस्थित भ्याली पब्लि क माध्यामिक विद्यालयले
शनिबार आयोजना गरेको एक कार्यक्रममा सो बताएका हुन् ।उनले चुनावमा जित हार दुवै हुने भएपनि आफूलाई हारिएलाकी भन्ने डरले बढी सताउने गरेको बताएका छन् ।
उनले विद्यार्थीहरूलाई पनि परीक्षामा फेल भइएलाकी भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरूलाई फेल पनि भइन्छ भन्ने कुरा सिका उन आवश्यक रहेको बताए।
उनले सफलता र असफलता दुवै कुरा जिन्दगी मा हुने कुरालाई बोध गराउँदै विद्यार्थीहरूको पठनपाठनलाई अघि बढाउन विद्यालयलाई आग्रह गरे।
थापाले भने, ‘एउटा चुनाव जित्यो। त्यसपछि खुशी भयो। त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने। मलाई यस्तो हुन्छ।
उपसचिव हुने साथीलाई सहसचिवमा नाम ननिक्लेला भन्ने डर। जिन्दगी यसरी नै जाने हो’ उनले भने, ‘तर बालबालिका हरूलाई जित र हार हुन्छ।
सफल र असफल होइन्छ भनेर सिकाउनु पर्दछ। आफ्नो कर्म गर्ने हो। तर सधैं भनेजस्तो फल नआउन पनि सक्छ। तर कर्म भने गर्दै जानुपर्छ।
अब नेपालको प्रधानमन्त्री गगन थापा, अर्थमन्त्रीमा स्वर्णिम
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लिएर अहिले सत्ता गठबन्धनमा सिट बाँडफाँडमा
रस्साकसी चलिरहेका बेला पूर्वसचिव शारदाप्रसाद त्रितालले नयाँ विकल्पसहित सुझाव दिएका छन्।उनले कांग्रेस महामन्त्री गगनकुमार थापालाई भावी प्रधानमन्त्री र स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीको प्रस्ताव गरेर चुनावमा जान कांग्रेसलाई सुझाव दिएका हुन्।
‘नेकपा एमालेले आफ्नो अध्यक्ष के पी शर्मा ओलीलाई अबको प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा प्रस्तुत गरेर एउटा माहोल सिर्जना गर्यो ।यद्यपि निर्वाचनको माहोल सिर्जना हुने स्तरको सो पार्टीमा अर्को कुनै नेता छैनन् । उहाँ निर्विकल्प हो ।’ उनले फेसबुकमा लेखेका छन्।
उनले निर्वाचन भनेको माहोल सिर्जना गर्नु पनि हो भन्दै कांग्रेसले युवालाई अघिसारेर नयाँ माहोल सिर्जना गर्नु पर्नेमा पनि दोड दिएका छन्।अब युवा र वेदाग नेताहरुलाई सांसदको टिकट दियो भने एमालेको लागि थप माहोल बन्ने देखिन्छ ।नेपाली कांग्रेसले पनि अब कोही नेतालाई चुनाव पछिको प्रधानमन्त्री प्रस्ताव गर्यो भने माहोल सिर्जना हुन्छ । source: sajakhabar
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७