kathmandu
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ ।
देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउन एक जुट भएका दलहरुले फेरी पनि गठबन्धन गरेर एमालेलाई हराउने दाउ गरेका छन् तर उनीहरुको दाउमा घाउ लाग्ने अवस्था देखिएको छ ।
गठबन्धनको हिसाब किसाब मिल्न नसक्दा गठबन्धननै भत्कन सक्ने सम्मको सम्भावनाको लेखाजोखा सुरु भएको छ । नेपाली काग्रेसका सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अधिकतम लचकता अपनाएर भए पनि माओवादी , नेकपा एस लगायतका दलसँग गठबन्धन गर्नु पर्ने पक्षमा देखिएका छन् भने काग्रेसकै शेखर कोइराला पक्ष उनका लागी तगारो बन्ने देखिएको छ ।
देउवा र प्रचण्डको दोस्तीले हच्चिएको कोइराला पक्षले गठबन्धन गर्ने हो भने काग्रेसलाई कम्तीमा सय सिट चाहिने अडान अघि सारेको छ । कोइराला पक्षका सबै नेताहरुले एक स्वरले काग्रेसलाई सय सिट भए मात्रै गठबन्धन गर्न सकिने बताइरहेका छन । काग्रेस नेता शेखर कोइराला देखी महामन्त्री गगन थापा सम्मले यो बिषयलाई निकै कसिलो ढंगले उठाइरहेका छन् ।
प्रचण्ड , माधव नेपालहरुले काग्रेसलाई सय सिट पनि दिन नसकिने बताइरहेका बेला काग्रेसकै जिम्मेवार नेताहरुको सय सिटको अड्कोले गठबन्धनको खड्को बनाइरहेको बताइन्छ ।
काग्रेसका नेता सय सिटको अड्को थाप्ने प्रचण्ड माधव ८० सिट भन्दा बढि दिन नसक्ने अवस्थामा देखिए पछि काग्रेस सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चेपुवामा परेका छन् ।
देउवाले प्रचण्डसँग मिलेर आफुहरुलाई पेल्न लागेको कुरा नजिकबाट बुझेको काग्रेसको शेखर कोइराला पक्षले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्यका लागी हात अघि बढाएको छ ।
शेखर कोइरालाले एमाले अध्यक्ष केपी ओलीसँग ओली निवास बालकोटमै पुगेर गोप्य कुराकानी गरेका छन् । शेखर पक्षले ओलीसँग सहयोगको हात अघि बढाए पछि देउवा पक्ष झस्किएको छ ।
भुइँको टिप्न खोज्दा गोजीको खस्ने अवस्थामा देउवा पुगेको बताइन्छ । प्रचण्ड माधवसँग गठबन्धन नगर्दा नमज्जासँग चुनाव हारिने , गठबन्धन गर्दा आफ्नै पार्टीका नेताहरु एमालेसँग मिल्ने यस्तो अवस्था देखिए पछि देउवा पिरोलिएको खबर छ । कतिपयले चुनाव अघिनै काग्रेस विभाजन हुन सक्ने सम्मको चर्चा सुरु गरेका छन् ।
शेखर कोइरालासँगको भेटमा एमाले अध्यक्ष ओलीले गठबन्धनलाई किनारा लगाएर आएमा काग्रेसका विद्रोहि उमेदवारलाई एमालेले सहयोग गर्ने बचन दिएको बताएको छ । ओलीको प्रस्तावमा कोइराला सकारात्मक भएको र टिममा छलफल गरेर फाइनल निर्णय दिने बताएको खबर छ ।
यसै विच शेखर कोइरालाको कोर टिममा देउवाले प्रचण्ड माधवसँग गठबन्धन गरेर आफ्नो पक्षलाई किनारा लगाउन खोजेमा देशव्यापी रुपमा विद्रोही उमेदवार खडा गरेर एमालेसँग मिल्ने बारेमा घनिभूत छलफल भएको सूचना ओटिभी नेपाल डटकमले प्राप्त गरेको छ ।
स्थानिय तहको निर्वाचनमा चितवनका काग्रेसहरुले भूँइकटर चिन्ह लिएर उठेको जस्तो मोडलमा काम गर्न सकिने बारेमा चर्चा चलेको बताइन्छ । शेरबहादुर देउवाले काग्रेसलाई प्रचण्डको
पोल्टामा पुर्याउन लागेको भन्दै यहि बेलामा निर्णायक कदम चाल्नु पर्ने सुझाव कोइरालालाई कोर टिमका सदस्यहरुले दिएका छन् । कोइराला पनि वारको पारको मुडमा रहेको बताइन्छ ।
कोइरालाका कपितय अति निकटका साथीहरुले देउवाले काग्रेसलाई प्रचण्डकरण या राणाकरण गर्न लागेको भन्दै पार्टी विभाजन सम्मै जानु परे पनि तयार हुनु पर्ने सुझाव दिएका छन् । शेखर कोइराला टिम सँँग अब कित देउवाको दास भएर बस्ने कित विद्रोह गर्ने विकल्प मात्रै भएको राजनितिक विश्लेषकहरुको विश्लेषण रहेको छ । source: otvnepal
प्रकाशित मिति २०७९ भदौ १९ गते आईतबार १०:५०