काठमाडौं । सामाजिक संजालमा कडा टिप्पणी गर्ने पुन्य गौतमलाई नेकपा एमालेले काठमाडौं ३ बाट प्रतिनिधि सभासदस्यका लागि समानुपातिक उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।
गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जानकारी दिएका छन् । आफूलाई उम्मेदवारमा सिफारिस गरेकामा पार्टी नेतृत्वलाईमेत धन्यवाद दिएका छन् ।
उनी यसअघि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा थिए । केही महिना अघि मात्रै उनी एमालेमा फर्किएका थिए ।
म प्रधानमन्त्री बन्दा देश र जनताका लागि फाइदा हुँदैन : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्दा अब देश र जनताका लागि खासै फाइदा नहुने बताएका छन् ।
पोखरा विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफू चाहेमा प्रधानमन्त्री बन्न सक्ने तर अब त्यो रेसमा नलाग्ने बताएका हुन्।
‘प्रधानमन्त्रीकै इच्छा गरेको भए म पहिला पनि हुनसक्थेँ,’ उनले भने, ‘अघिल्लो (२०७४ सालको) निर्वाचनपछि पनि पाँच वर्षकै लागि प्रधानमन्त्री बन्न सक्थेँ । तर मैले वाम गठबन्धनलाई प्राथमिकता दिएको हुँ ।’
अबको प्रधानमन्त्री को हुने भन्नेबारे अहिले नै गठबन्धनभित्र कुनै चर्चा नभएको समेत उनले बताए । आगामी संसदीय निर्वाचनपछि पनि चाहेमा प्रधानमन्त्री बन्न सक्ने तर त्यो रेसमा नलाग्ने बताउँदै उनले भने, ‘तर, म अहिले प्रधानमन्त्री बन्ने रेसमा छैन, त्यो देश र जनताको लागि पनि उति फाइदाजनक हुँदैन ।’
उनले मंसिर ४ गतेकाे संसदीय निर्वाचनमा आफूले चितवनबाटै चुनाव लड्ने समेत बताए । अन्य विभिन्न जिल्लाबाट समेत सिफारिस आइरहेकाे तर चितवन छाड्दा राम्राे सन्देश नजाने भएकाले चितवनबाटै चुनाव लड्ने बताएका हुन् । चितवनबाट जित्ने कुरामा विश्वस्त रहेकाे उनकाे भनाइ छ ।
प्रकाशित मिति २०७९ भदौ २४ गते शुक्रबार ०१:०५