प्रचण्ड माओवादी समाप्त हुँदै, बुधबारको यो कसैले नसोचेको घटना बन्नेभयो कारण !

प्रचण्ड माओवादी समाप्त हुँदै, बुधबारको यो कसैले नसोचेको घटना बन्नेभयो कारण !

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ २५ गते शनिवार १०:१२

काठमाडौं पछिल्लो समय देशभरबाट जनमत व्यापक रुपमा कम हुदै गएको नेकपा माओवादी केन्द्र घरझगडाका कारण आउने चुनावमा पत्तासाफ हुने चिन्ता माओवादीकै नेताकार्यकर्ताहरुले गर्न थालेका छन् । बुधबारको एउटा घटनाले माओवादीका कट्टर कार्यकर्तालाई...

काठमाडौं

पछिल्लो समय देशभरबाट जनमत व्यापक रुपमा कम हुदै गएको नेकपा माओवादी केन्द्र घरझगडाका कारण आउने चुनावमा पत्तासाफ हुने चिन्ता माओवादीकै नेताकार्यकर्ताहरुले गर्न थालेका छन् ।

बुधबारको एउटा घटनाले माओवादीका कट्टर कार्यकर्तालाई निराशातर्फ मात्र मोडेको छैन् माओवादीभित्र आसन्न चुनावमा अन्तर्घात भएर पार्टीले ठूलो मूल्य चुकाउनुपर्र्ने भन्दै अभिव्यक्ती आउन थालेका छन् ।

महाधिवेशन भएको आठ महिनापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी मनोनयन गरे । आफ्नो खल्तीबाट नाम झिक्दै भटाभट बाँडे । कल्पनै नगरेकाले महत्वपूर्ण पद पाए ।

ज–जसले जे अपेक्षा गरेका थिए, त्यो पाएनन् । पदाधिकारी मनोनयनलाई लिएर माओवादीभित्र कसरी भुसको आगो झैं असन्तुष्टि बढिरहेको छ भन्ने बुधबार सबैले थाहा पाए । काठमाडौंमा आयोजित क्रान्तिकारी फोर्स गठन कार्यक्रममा प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्माबीच तीव्र घोचपेच चल्यो ।

आफूलाई महासचिव नबनाएको झोक शर्माले प्रचण्डलाई राम्रैसँग दिए । जवाफमा प्रचण्डले पनि जनार्दनलाई हुर्काउन र बढाउन आफ्नो ठूलो भूमिका रहेको भन्दै धेरै मात्तिए पखेंटा काटिन सक्ने चेतावनी दिए ।

पार्टीका शीर्ष नेताबीचको घोचपेचले आगामी निर्वाचनमा माओवादीमा ठूलै अन्तर्घात हुने संकेत देखिएको छ ।

पार्टीका उपमहासचिव एवं अर्थमन्त्री जनार्दन शर्माले पार्टी पदाधिकारी चयनप्रति सार्वजनिक रूपमै आलोचना गरेपछि अध्यक्ष पुष्पकमल दाहाल आक्रोशित भएका छन् । शर्माको अभिव्यक्तिप्रति सार्वजनिक रूपमा कडा टिप्पणी नगरे पनि दाहालले निकटस्थसँग ‘अति नै हुन थाल्यो’ भन्न थालेका छन् ।

माओवादीबाट मोहन वैद्य र बाबुराम भट्टराई बाहिरिएपछि सार्वजनिक मञ्चमा अरू नेताले दाहालविरुद्ध बोल्न हिम्मत गरेका थिएनन् । पार्टीमा दाहालको यस्तो प्राधिकार छ कि उनले जे चाह्यो त्यही हुँदै आएको छ ।

सशस्त्र युद्धको बेलादेखि नै दाहालविरुद्ध उत्रने नेतालाई पार्टी छाड्नुपर्ने वा खुम्चेर बस्नुपर्ने अवस्थामा पुर्‍याइएको छ । शर्मा आफूविरुद्ध बोल्ने नेताका रूपमा निस्किएपछि दाहाल आक्रोशित बनेको उनीनिकट नेताहरू बताउँछन् ।

दाहालले त्यही मञ्चमा शर्माप्रति संकेत गर्दै पार्टीमा गुट नै गुट भएको बताएका थिए । बुधबार पनि शर्माले आलोचना गरेपछि दाहालले आफूमाथि अपमान भएको ठानेको निकट नेताहरू बताउँछन् ।

दाहालनिकट एक नेताले अध्यक्षलाई खुइल्याउन खोज्दा पार्टी नै खुइलिनेप्रति उपमहासचिव शर्मा सचेत हुनुपर्ने बताए । ‘जनार्दनजी पार्टीको निर्णयविरुद्ध सार्वजनिक रूपमा बोल्दै हिँड्नुभएको छ,’ उनले भने

अध्यक्षले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको काण्डमा अध्यक्षले रेस्क्यु गरेर शर्मालाई पुनः अर्थमन्त्री बनाउनुभयो । उहाँ अहिले अध्यक्षविरुद्ध उत्रिनु गलत हो ।’ source: praharnews

प्रकाशित मिति २०७९ भदौ २५ गते शनिवार १०:१२
प्रतिक्रियाहरु