काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र कांग्रेस नेता आरजु देउवाले भारतमा सहमति गरेको भनी चीनसमेत भ्रममा परेको टिप्पणी गरेका छन् ।
शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले आफू र प्रधानमन्त्री...
काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र कांग्रेस नेता आरजु देउवाले भारतमा सहमति गरेको भनी चीनसमेत भ्रममा परेको टिप्पणी गरेका छन् ।
शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले आफू र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुले भारतमा समझदारी गरेको भन्नेबारे चिनियाँ अधिकारीहरुले चासो राखेको जानकारी पाएको बताए ।
‘मलाई अनौठो त्यतिबेला लाग्यो कि हाम्रो नेपाली राजदूत चीनमा जानुभएको, उहाँले मलाई यहाँ त निकै ठूलो प्रश्न उठ्यो, तपाईं र आरजु भारतीयसँग बसेर कति बुँदे सहमति गर्नुभयो रे भन्ने कुरा चीनले पनि बडो चासो राख्यो भन्दा मलाइ अनौठो लाग्यो’ उनले भने ।
उनले भारतमा आफूहरुले सहमति गरेको भन्नु झुटो र निराधार भएको बताए । ‘यति झूटो कुरा यति निराधार कुराको यति ठूलो प्रचार गरिनुबाट कहीं न कहीं प्रतिगमन र प्रतिक्रान्तिकारी शक्तिहरू निकै सक्रिय छन् भन्नेबाहेक अरु केही होइन’ उनले भने ।
आफू र आफ्नो पार्टीलाई बदनाम गर्ने षड्यन्त्र भएको प्रचण्डले बताए ।त्यो बिलकुल निराधार, बिलकुल झूटो र नियोजित प्रचार गरियो । त्यो चाहिं हाम्रो पार्टीलाई र मलाई अनावश्यक बदनाम गर्ने षड्यन्त्रबाट प्रेरित कुरा हो । तयो कहिँ कतै होइन’ उनले भने ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७