काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर प्रहरीलाई गलत काम नगर्न निर्देशन दिएका छन् । आज साेमवार भएकाे एक कार्यक्रममा उनले यस्ताे निर्देशन दिएका हुन् ।
मेयर शाहले विगतमा भएका कमजाेरीलाई सच्याउँदै इमानदारिताका साथ काम गर्न पनि नगर प्रहरीलाई आग्रह गरे । उनले भने , ‘गल्ती भएका कुरालाई सच्याउँदै अघि बढ्नुपर्छ ।
गलत काम गरेर, पैसा आर्जन गरेर मान्छेलाई कहिल्यै सुख हुँदैन भन्ने तपाईँहरूले देखी नै सक्नुभएकाे छ । हामी धर्म र पापमा विश्वास गर्छाैँ । गलत गरेर कमाएकाे धन, पाप धुरीबाट कराउँछ भनेजस्तै याे कुरालाई मनन गरेर आफ्ना आचरण सुधार गर्नुस् ।’
यस्तै मेयर साहले नगर प्रहरीलाई शारीरिक अभ्यास गराउनुपर्ने पनि बताए । उनले प्रहरी संस्था सबै समान भएकाे बताउँदै नगर प्रहरीलाई पनि त्यसैअनुसारकाे बनाउने बताए ।
आफ्नो छोटो सम्बोधनमा बालेनले नेपाल प्रहरीबाट केही जनशक्ति नगरप्रहरीमा थप्न खोजिएकोमा सफल नभएको बताए ।
‘हामीले नेपाल प्रहरीबाट ल्याउन खोज्दा नगर प्रहरीभन्दा हामी माथि हौं भन्ने भावना देखियो’, उनले भने, ‘तपाईंहरुले आगामी दिनमा फिटनेसदेखि विभिन्न पक्षहरुमा सुधार ल्याएर आफ्नो सवलीकरणमा लाग्नुस् । यसका लागि आवश्यक सहयोग महानगरले गर्न तयार छ ।’
साहले अनुशासनमा रहेर काम गर्न नगरप्रहरीलाई आग्रह गरे ।
भिडिओ
प्रकाशित मिति २०७९ भदौ २७ गते सोमबार ०९:१८