काठमाडौं ।
प्रतिनिधिसभा र प्रदेशसभामा चुनावी तालमेल गरेर जाने निर्णय गरेका पाँच दलीय गठबन्धनका दलहरु सीट बाँडफाँटका लागि निर्णायक छलफलमा जुटेका छन् ।
सोमबार बिहानैदेखि दलका शीर्ष नेताहरु दुई पक्षीय र त्रिपक्षीय गरी छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्री निवासमा चलिरहेको छलफल निकै सकारात्मक भएको कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन् । उनका अनुसार दलहरु सहमतिको अन्तिम बिन्दुमा छन् ।
“छलफल सकारात्मक छ, सबै लचिलो हुनुको विकल्प छैन”, उनले भनेका छन्, “ती अडानमा हामी सुक्ष्म ढंगले विश्लेषण गर्दै अगाडि बढिरहेका छौं, हामी सहमति नजिक छौं ।
सोमबारको बैठकमा गठबन्धनको नेतृत्वकर्ता कांग्रेस निकै लचक रुपमा प्रस्तुत भएको छ । बैठकमा सहभागि एक नेताले बताएअनुसार कांग्रेसले ६० प्रतिशतको अडान छाडेको छ । पछिल्लो बैठकमा कांग्रेसले ५० प्रतिशतको प्रस्ताव राखेको बुझिएको छ ।
तर, कांग्रेसको ५० प्रतिशत पाउनुपर्ने प्रस्तावमा पनि अन्य दलहरु सहमत भइसकेका छैनन् । माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४० र जसपाले ३२ सीटको दाबी गरेका छन् । कांग्रेसले भने माओवादी केन्द्रले ४०, जसपाले २० र एकीकृत समाजवादीले २० सिट लिनुपर्ने प्रस्ताव गरेको छ ।
चोलेन्द्रकाे बयानबारे बाेले ओमप्रकाश
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिशोध साँध्ने र झुटाे बयान दिएको अधिवक्ता ओमप्रकाश अर्यालले दाबी गरेका छन् ।
आफूविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावका सम्बन्धमा जबराले संसदीय महाअभियोग सिफारिस समितिसमक्ष बयान दिइरहेका छन् । शीर्ष नेता, सर्वाेच्च अदालतका न्यायाधीश, अधिवक्ता, सञ्चार उद्यमी, पत्रकारलगायतको चरित्रमाथि प्रश्न उठाएर जबराले बयान दिइरहेका छन् ।
आइतबार बयान दिने क्रममा जबराले अधिवक्ता अर्यालको चरित्रमाथि प्रश्न उब्जाउने गरी बयान दिएपछि सोमबार अर्यालले जबराले प्रतिशोध साँध्न र झुटाे बोलेको प्रतिक्रिया दिएका हुन् ।
नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अधिवक्ता अर्यालकी श्रीमती पुनदेवी महर्जनलाई न्यायाधीश बनाउन गरेको सिफारिस आफूले इन्कार गरेको भन्दै बयान दिएका जबराले त्यसपछि अर्यालले सम्पत्ति शु्द्धीकरणको रिट हालेको समितिसमक्ष बताए ।
‘बारको अध्यक्ष चण्डेश्वरजीले न्यायाधीशमा पुनदेवी महर्जनलाई दुईचोटी सिफारिस गर्नुभयो । मैले उहाँलाई इन्कार गरेको थिएँ । पुनदेवी महर्जनजी, ओमप्रकाश अर्यालजीको अर्धाङ्गीनी हो ।
यसकारण उहाँले नेतृत्व गरेर सम्पत्ति शुद्धीकरणसम्म जानुभो । सम्पत्ति शुद्धीकरणले यो निर्थक हो भनेर निर्णय नै गरिसकेको छ,’ जबराले आइतबार आफ्नो बयानमा भनेका थिए । source: sansarnews
प्रकाशित मिति २०७९ भदौ २७ गते सोमबार ०९:५३