चैतमा एमाले प्रवेश गरेकी सुर्जेकुमारी “करिश्मा मानन्धर”ले पाईन् महत्वपुर्ण जिम्मेवारी

चैतमा एमाले प्रवेश गरेकी सुर्जेकुमारी “करिश्मा मानन्धर”ले पाईन् महत्वपुर्ण जिम्मेवारी

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ २९ गते बुधबार ०९:०१

Kathmandu अभिनेत्री तथा नेतृ करिश्मा मानन्धरलाई नेकपा एमालेले बिशेष जिम्मेवारी दिएको छ । पार्टीले उनलाई साहित्य, कला तथा संस्कृति विभाग सदस्यको जिम्मेवारी दिएको हो । अभिनेत्री मानन्धर गत चैतमा एमाले प्रवेश गरेकी लाई एमालेले विभाग...

Kathmandu

अभिनेत्री तथा नेतृ करिश्मा मानन्धरलाई नेकपा एमालेले बिशेष जिम्मेवारी दिएको छ । पार्टीले उनलाई साहित्य, कला तथा संस्कृति विभाग सदस्यको जिम्मेवारी दिएको हो ।

अभिनेत्री मानन्धर गत चैतमा एमाले प्रवेश गरेकी लाई एमालेले विभाग सदस्यको जिम्मेवारी दिएको हो । यो विभागका प्रमुख रघुजी पन्त छन् भने सचिव राजेश थापा छन् ।

‘करिश्मा मानन्धरलाई विभागको सदस्य मनोनित गर्नु भन्ने निर्देशन आएपछि गरिएको हो,’ विभागका एक सदस्यले भने । दशौं महाधिवेशन पछाडि एमालेको विभागीय सदस्य मनोनित अध्यक्ष केपी शर्मा ओली आफैंले गर्दै आएका छन् ।

करिश्माले पनि आफूलाई पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताइन् । ‘पार्टीको जिम्मेवारी पूरा गर्ने यो मेरो अवसर हो,’ उनले भनिन् ।

यो पनि पढ्नुुहोस्ः मंसिर ४ को चुनावमा विश्वले नसोचेको नतिजा एमालेले ल्याउनेछ ः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एमालेले कसैले नसोचेको नतिजा एमालेले ल्याउने बताउएका छन् ।

नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनको मंगलबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले भने ( ‘मंसिर ४ को चुनावमा विश्वले नसोचेको नतिजा एमालेले ल्याउनेछ ।’ समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न मंसिर ४ को चुनाव एमालेले जित्नुपर्ने उनको भनाइ छ । मंसिर ४ को चुनावमा बहुमत ल्याउन जनतालाई जगाएर चुनावको तु’फानी अभियान चलाइने अध्यक्ष ओलीले बताए ।

उनले भन , ‘मंसिर ४ गतेको निर्वाचन हामीले जित्नैपर्छ,त्यो जित एमालेका लागि होइन, देशको विकास, तमाम जनताको हित, लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता र समानताका लागि जित्नुपर्छ, विकास अबरुद्ध गर्ने, सामाजिक सद्‍भाव भत्का’उनेलाई देखाउन एमालेले जित्नपर्छ ।’

मंसिर ४ को चुनाव समान्य र नियमित प्रक्रिया मात्र नभएको भन्दै अध्यक्ष ओलीले सो चुनाव देशको भविष्य निर्धारण गर्ने चुनाव भएको बताए ।

सो चुनाव लोकतान्त्रिक प्रक्रिया तथा संरचना भ’त्काउने, संविधान मिच्ने, सामाजिक सद्‍भाव वि’थोल्ने, कानुनको उ’ल्लंघन गर्ने र राष्ट्रिय हितमा कु’ठाराघात गर्नेलाई प’रास्त गर्न केन्द्रित हुनुपर्ने उनको भनाइ छ

प्रकाशित मिति २०७९ भदौ २९ गते बुधबार ०९:०१
प्रतिक्रियाहरु