चितवन ३ मा प्रचण्ड बिरुद्द एमलेले उठाउने भयो आहिले सम्मकै हेभी उम्मेदवार, कस्को कति सम्भाबना ? (हिसाबकिताब सहित)

चितवन ३ मा प्रचण्ड बिरुद्द एमलेले उठाउने भयो आहिले सम्मकै हेभी उम्मेदवार, कस्को कति सम्भाबना ? (हिसाबकिताब सहित)

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ ३० गते बिहिबार ०८:४३

kathmandu सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मिति घोषणा गरेसँगै राजनीतिक गतिविधि बढेको छ । प्रमुख राजनीतिक दलहरु आन्तरिक तयारीमा जुट्न थालेका छन् । शीर्ष नेताका साथै उम्मेदवार हुन खोज्ने नेताहरु निर्वाचन केन्द्रित गतिविधिमा...

kathmandu

सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मिति घोषणा गरेसँगै राजनीतिक गतिविधि बढेको छ । प्रमुख राजनीतिक दलहरु आन्तरिक तयारीमा जुट्न थालेका छन् । शीर्ष नेताका साथै उम्मेदवार हुन खोज्ने नेताहरु निर्वाचन केन्द्रित गतिविधिमा लागेका छन् ।

निर्वाचनको तयारीसँगै को कहाँबाट निर्वाचन लड्ने भन्ने चर्चा हुन थालेको छ । आउँदो मंसिर चारको निर्वाचनमा पनि तालमेल गर्ने सत्तारुढ पाँच दलीय गठबन्धनबीच सहमति भइसकेको छ । सोही सहमतिबमोजिम गठबन्धन दल सीट बाँडफाँटमा जुटेका छन् ।

गठबन्धनका केही शीर्ष नेताहरुले आफ्नो निर्वाचन क्षेत्र दाबी गर्न थालेका छन् । केहीले निर्वाचन क्षेत्र समेत घोषणा गरिसकेका छन् ।

०७८ असोज ८ गते नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनाव लड्ने संकेत गरे ।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका थिए, “चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्छ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।”

जनयुद्धका सूत्राधारमध्येका एक हुन्, बादल । ०३७ सालदेखि पूर्णकालीन आन्दोलनमा होमिएका बादल र प्रचण्डको सम्बन्ध स्थिर रहेन । बादल खासै बोल्दैनन् । उनको मौनता नेकपा विवाद क्रममा पनि देखिएको थियो । प्रचण्डसँग प्रतिस्पर्धा गर्ने बादलको अभिव्यक्तिलाई चासोको साथ हेरियो ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचण्डको नाम विभिन्न क्षेत्रबाट सिफारिस गरिएको छ । तर, उनले चितवन क्षेत्र नम्बर–३ बाटै प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन् । सोही क्षेत्रबाट एमालेका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने सिफारिस भएका छन् ।

प्रचण्डेले केहि दिन अगाडी भनेका थिए ‘म चितवनबाटै लड्छु । मैले एकदम प्रष्टसँग ४/५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन । अहिले चितवनबाटै चुनाव लड्छु । चितवनको पनि क्षेत्र नम्बर तीनबाट नै निर्वाचन लड्छु क्लियर हुनुहोला ।’

प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र घोषणा गरेसँगै आमागी निर्वाचनमा पूर्वसहकर्मीसँग उनको भिडन्त हुने देखिन्छ ।

नेकपा एमालेले चितवन-३ बाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई उठाउने तयरी गरेको छ । बादल पनि चितवन-३ बाटै निर्वाचन लड्ने मनोसयमा छन् । एमालेले चितवन–३ मा बादललाई टिकट दिए प्रचण्डसँग भिडन्त हुने देखिन्छ । ‘प्रचण्ड र बादल युद्धकालीन नेता हुन् ।

प्रकाशित मिति २०७९ भदौ ३० गते बिहिबार ०८:४३
प्रतिक्रियाहरु