रातारात प्रधानमन्त्रीद्वारा अकस्मात राजीनामा !

रातारात प्रधानमन्त्रीद्वारा अकस्मात राजीनामा !

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ ३० गते बिहिबार ११:१५

काठमाडौँ – अकस्मात प्रधानमन्त्रीको राजीनामा आएको छ । आम निर्वाचनमा दक्षिणपन्थी समूह झिनो बहुमतले विजयी भएपछि स्वीडेनका प्रधानमन्त्रीले औपचारिक रूपमा आकस्मित राजीनामा आएको हो । स्विडेनको सोसियल डेमोक्रयाटिक दलका प्रधानमन्त्री...

काठमाडौँ –

अकस्मात प्रधानमन्त्रीको राजीनामा आएको छ । आम निर्वाचनमा दक्षिणपन्थी समूह झिनो बहुमतले विजयी भएपछि स्वीडेनका प्रधानमन्त्रीले औपचारिक रूपमा आकस्मित राजीनामा आएको हो ।

स्विडेनको सोसियल डेमोक्रयाटिक दलका प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले स्वीडेनको संसदमा राष्ट्रवादी एवम् अध्यागमन विरोधी समूह सम्मिलित दक्षिणपन्थी गुटले झिनो बहुमत पाएपछि राजीनामा दिएकी हुन् ।

एन्डरसनले स्वीडेनको तीन सय ४९ सदस्यीय संसद् रिक्सडागका सभामुख एन्ड्रियास नोर्लेनसमक्ष औपचारिकरुपमा आज राजीनामा दिएका हुन् । सभामुखले उनको राजीनामा स्वीकृत गरेका छन् । उनले नयाँ सरकार गठन नभएसम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नेछिन् ।

सभामुख नोर्लेनले आगामी साता पार्टीका नेताहरूसँग वार्ता सुरु गर्ने जानकारी दिएका छन् । उनले दक्षिणपन्थी नेता उल्फ क्रिस्टर्सनलाई गठबन्धन सरकार गठनको प्रयास गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ ।

आइतवारको आम निर्वाचनमा दक्षिणपन्थी समूहले एक सय ७६ र वामपन्थी गुटले एक सय ७३ स्थानमा जित हासिल गरेका थिए । bharoshanews

ओलीले प्रचण्डको चर्को आलोचना गर्दै कडा आरोप लगाए
कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् ।

माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै ओलीले आफूलाई प्रचण्डले पार्टीबाट निष्कासन गरेको प्रसंग सुनाए । ‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो वामपन्थी आन्दोलन बनाउँ, समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ ।

मैले अँगालो हालेको थिएँ, हात मिलाएको मात्र होइन’ ओलीले भनेका छन्, ‘प्रचण्ड हात लुकाईलुकाई हिंड्थे, म अलिकति सचेत थिएँ । नभन्दै मैले अँगालो मारें, प्रचण्डले ग्वाम्म छुरी रोपे ।’

ओलीले अगाडि भने, ‘म एकता, एकीकरण भन्ने, प्रचण्ड मलाई साधारण सदस्यबाट निकाल्ने ।’आफूले दिएको वरदान प्रयोग गरेर प्रचण्डले आफैंलाई भष्म पार्न खोजेको ओलीको आरोप छ ।

२०७४ मा वाम गठबन्धन बनाएर चुनाव लडेका एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता भएको थियो । तर तत्कालीन प्रधानमन्त्री ओलीले ५ पुस २०७७ मा प्रतिनिधिसभा भंग गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–माधव समूहमा विभाजित भयो ।

ओलीले आफ्नो समूहको बैठक राखेर केन्द्रीय कमिटी विस्तार गरे भने प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको बैठक राखेर ओलीलाई पार्टीबाट निष्कासन गरेका थिए ।

यद्यपि दुवैको कारबाहीलाई निर्वाचन आयोगले वैधता दिएन । बरु २३ फागुन २०७७ मा सर्वोच्च अदालतले नामसम्बन्धी विवादमा फैसला गर्दा नेकपाको एकता नै खारेज गरिदियो । यससँगै एमाले र माओवादी केन्द्र व्यूँतियो ।

एमाले अध्यक्ष ओलीले भने माओवादी केन्द्र, एमालेमा समाहित भएको दाबी गर्दै आएका छन् । रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी लगायतका नेताहरु अहिले पनि एमालेमा रहेको भन्दै उनले प्रचण्डले आफ्नो समूह मात्र लगेको र त्यसलाई नै माओवादी केन्द्र भन्ने गरेको बताए । motivatenews

प्रकाशित मिति २०७९ भदौ ३० गते बिहिबार ११:१५
प्रतिक्रियाहरु