चुनावको मुखमा प्रचण्डलाई ठूलो धक्का, प्रचण्डको दाहिने हात तथा चुनाबी कमान्डर एमालेमा प्रवेश

चुनावको मुखमा प्रचण्डलाई ठूलो धक्का, प्रचण्डको दाहिने हात तथा चुनाबी कमान्डर एमालेमा प्रवेश

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ ३१ गते शुक्रबार १०:१३

Kathmandu सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । चुनावको मिति नजिक आउदै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष...

Kathmandu

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । चुनावको मिति नजिक आउदै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई ठूलो धक्का लागेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा चितवनको क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिष्पर्धा गर्न लागका प्रचण्डलाई दाहिने हात भाँचिए बराबरको धक्का लागेको छ । प्रचण्डका चुनावी कमाण्डरनै माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र चितवनका सह इन्चार्ज समेत रहेका केन्द्रिय सदस्य यमबहादुर परियार (इन्द्रजीत) नेकपा एमालेमा प्रवेश गरेका छन् । परियार हाल चितवन जिल्ला सहइन्चार्ज छन् । जिल्लामा उनलाई निकै प्रभावशाली नेताको रुपमा चिनिएको छ । परियार एमाले प्रवेश गरे पछि चितवनमा माओवादी केन्द्रलाई ठूलो धक्का लाग्ने विश्लेषण सुरु गरिएको छ ।

एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका हुन् । परियार पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् ।

परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिनालगायत नवप्रवेशीलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले स्वागत गरेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडीबाटै राजनीति गरेका परियारको एमाले प्रवेशलाई सो पार्टीका नेताहरुले ठूलो उपलब्धिका रुपमा व्याख्या गरेका छन् । सोही कार्यक्रममा चितवनकै कालिका नगरपालिका कमिटीका उपाध्यक्ष दिनेश विक पनि एमाले प्रवेश गरेका छन् ।

चितवनबाट ठूलो संख्यामा प्रभावशाली जिल्ला नेताहरु एमालेमा प्रवेश गरेको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताए । न्यौपानेलाई एमालेले प्रचण्डविरुद्ध उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको छ । परियारलगायतका नेताहरुको प्रवेशलाई एमाले नेताहरुले टे«लरमात्र भन्दै चुनावअघि थप धक्का दिइने दाबी गरेका छन् ।

एमाले प्रवेश गर्दै परियारले आफू चौथो महाधिवेशनदेखि विभिन्न कालखण्डमा माओवादी जनयुद्धमा होमिएको भन्दै कुनै न कुनै रुपमा सधैं महत्वपूर्ण भूमिकामा रहेर काम गरेको बताए ।

परियारको प्रवेशले प्रचण्डलाई ठूलो धक्का लागेको र प्रचण्डले चितवन छोडेर अन्तै निर्वाचन लड्न जान सक्ने सम्मको आकलन समेत पनि गरिएको छ । नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले प्रचण्डसँग आजित माओवादी केन्द्रको ठूलो तप्का अब एमालेमा जोडिने बताएका छन् । source: otvnepal

प्रकाशित मिति २०७९ भदौ ३१ गते शुक्रबार १०:१३
प्रतिक्रियाहरु