अव्यवस्थित सहर ब्यवस्थित बनाउन लागेको बालेनको काम स्वागतयोग्य छ कसैले बाधा अड्काउ नगरौ हाम्रो पुर्ण साथ र समर्थन छ : केपि ओली

अव्यवस्थित सहर ब्यवस्थित बनाउन लागेको बालेनको काम स्वागतयोग्य छ कसैले बाधा अड्काउ नगरौ हाम्रो पुर्ण साथ र समर्थन छ : केपि ओली

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज १ गते शनिवार ०८:०५

धेरै मानिसहरु पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बूढो हुनुभयो भन्ने ठान्छन् । हामी उहाँलाई ‘केपी बा’ भन्छौं । तर, केपी बाका पनि बा मोहनप्रसाद ओली अहिलेसम्म तगडै हुनुहुन्छ । हिँडडुल गर्न र बोल्न राम्रोसँग...

धेरै मानिसहरु पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बूढो हुनुभयो भन्ने ठान्छन् । हामी उहाँलाई ‘केपी बा’ भन्छौं । तर, केपी बाका पनि बा मोहनप्रसाद ओली अहिलेसम्म तगडै हुनुहुन्छ ।

हिँडडुल गर्न र बोल्न राम्रोसँग सक्नुहुन्छ ।भनिन्छ, आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको । भक्तपुरको बालकोटमा ९३ वर्षीय हजुरबुबा मोहन प्रसाद ओलीलाई दिनचर्या कसरी बिताउँदै हुनुहुन्छ भनेर सोध्दा उहाँले टोल छिमेकमा ।

साथीभाइसँग गफगाफ गर्ने र केपीको भाषण (भिडिओमा) सुन्ने गरेको बताउनुभयो ।केपी ओली वाल्यावस्थामै हुँदा आमा बितेको र हजुरआमाले हुर्काएको उहाँले सुनाउनुभभयो । वाल्यकालमा छोराले केपीलाई विद्यालय पढाउँदाको भुक्तमान सुनाउनुभयो ।

ओलीले एमएसम्म पढेको मोहनप्रसादको भनाइ छ ।मोहनप्रसाद चिना टिप्पनसमेत हेर्नुहुन्छ । केपी ओलीमा जन्मँदै राज योग परेको र राजा बन्ने ग्रह रहेकाले प्रधानमन्त्री बनेको मोहनप्रसादको विश्वास छ ।केही समय अघिसम्म शनि ।

ग्रह रहेको र अब फेरि सूर्य अगाडि आएको बुबा मोहनप्रसादले सुनाउनुभयो ।एमाले अध्यक्ष ओलीको वाल्यकालको कहानी पिता मोहनप्रसाद ओलीबाटै सुनौं । म अहिले ९३ वर्ष पुगें ।

केपी ओली जन्मँदा २२ वर्षको थिएँ, आमा मनमाया ओली २० वर्षकी थिई । खड्गप्रसाद ११ वर्षको हुँदा उसकी आमाले छाडेर गई ।

काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाहले यो साता आफ्नै अग्रसरतामा खासगरी नक्सामा पार्किङ भनेर राखेको तर व्यवहारमा व्यापारिक प्रयोजनमा लगाइएका बेसमेन्टजस्ता संरचना भएका भवनहरूमा डोजर लगाएर कारबाही गरेका छन्।

यसो गर्नुको एक मुख्य उद्देश्य महानगरपालिकाको अव्यवस्थित पार्किङ अनि त्यसैले निम्त्याउने ट्राफिक जामको समस्या सम्बोधन गर्नु रहेको बताइएको छ।

काठमाण्डू उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त भाइकाजी तिवारीका अनुसार उपत्यकामा घर निर्माण गर्दा बेसमेन्ट वा भूमिगत तला पार्किङलाई छुट्ट्याउन २०५८ सालदेखि नै विभिन्न नीतिगत प्रोत्साहन गरिएको हो।

“२०६४ सालको मापदण्डमा दुई तलासम्म बेसमेन्ट बनाएर पार्किङको प्रयोजन गर्न पाउने र त्यसो गर्दा थप राजस्व नलाग्ने अनि फार भनिने फ्लोर एरिया रेसियोमा त्यसको गणना नगरिने छूट दिइएको थियो। नक्सा शुल्क पनि छूट थियो,” उनले भने।तर धेरैले त्यस्तो छूट लिए पनि व्यवहारमा पार्किङलाई प्रयोग नगरेको हुँदा अहिले मेयर बालेन शाहले चालेको कदम उपयुक्त भएको उनी ठान्छन्।बेसमेन्ट मात्र होइन कतिपयले भुइँतल्लामा पनि पार्किङ गराउँछु भनेर नक्सा पास गराएका छन्। तिनलाई पनि खाली गराउनुपर्छ,” उनले भने।

तिवारीजस्तै अधिकांश मानिसले उनको कदम र उद्देश्यको खुलेर प्रशंसा गरिरहेका छन्।तर काठमाण्डूको ट्राफिक व्यवस्थापनमा दशकौँ बिताएका र हाल ललितपुर महानगरपालिकाको नगर प्रहरीका प्रमुख सिताराम हाछेथुले मेयर शाहका पछिल्ला कारबाहीले भनिएजस्तो पार्किङ र जामको समस्यामा कुनै फरक पार्न नसक्ने टिप्पणी गरेका छन्।

“एउटा पूर्व ट्राफिकको नाताले भन्नुपर्दा अहिले बालेनजीका कारबाहीले पार्किङ वा जामको समस्यामा केही सम्बोधन हुँदैन,” उनले भने।

बालेनले भूमिगत पार्किङमा बनेका संरचना भत्काउन थालेपछि समर्थन र विरोध

बालेनले के आधारमा भत्काउन थाले भूमिगत पार्किङमा बनेका संरचना?

साँघुरा बेसमेन्ट वा भूमिगत तला खाली गराए पनि अधिकांशमा गाडी आउजाउ गर्न पुग्ने ठाउँ नभएको उनले बताए।

“धेरैले बेसमेन्ट पार्किङ भने पनि त्यहाँ गाडी घुमाउन पुग्दैन, उचाइ पनि पुग्दैन। मैले अहिले बालेनजीले कारबाही गरेका ठाउँका भिडिओ हेरेको छु।

त्यस्ता धेरै ठाउँ खाली गराए पनि पार्किङलाई सहज हुँदैन।”उनका अनुसार अहिले काठमाण्डू उपत्यकामा १५ लाख जति गाडी गुड्छन्।

शहरको मध्ये भागमा गाडी गुड्ने अनुपात प्रत्येक १ मिनेटमा १२१ पुगेको र त्यो भनेको अत्यधिक भएको उनी बताउँछन्।

 

प्रकाशित मिति २०७९ असोज १ गते शनिवार ०८:०५
प्रतिक्रियाहरु