काठमाडौँ असोज १
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुने पार्कको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि प्रश्न गरेका छन्।
उनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र माधवकुमार नेपालको चुनाव क्षेत्र रहेको भन्दै त्यहाँको समस्या ५० वर्षदेखि समाधान हुन नसकेको बताएका छन्।
उनले आफ्नो फेसबुकमार्फत् सो कुरा बताएका हुन्। काठमाडौँको तीनकुनेमा पार्क निर्माण गर्ने भनी खाली छोडिएको जग्गाको फोटो राख्दै उनले राष्ट्रपति र अध्यक्ष नेपालमाथि प्रश्न गरेका हुन्।
‘आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो। आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन।
अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ रु अझै दुई महिना छ, सरकार तपाइँकै हो। समस्या समाधान होस् भन्ने आशा राखेको छु।’ उनले लेखेका छन्।
अन्तिम दिनमा फोटो खिचाउँदै विदा भए सांसद
शनिबारको बैठकपछि प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ । ४ मंसिरमा हुने निर्वाचनको समानुपातिक पद्धतितर्फको बन्दसूची बुझाउने मिति असोज २ र ३ गते तोकिएकाले त्यसअघि नै प्रतिनिधिसभाको कार्यकाल सकिने निर्वाचन आयोगको व्याख्या छ ।
सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपतिले शनिबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुने निर्णय गरिसकेकी छन् । त्यसैले शनिबार बसेको प्रतिनिधिसभा बैठक नै यो संसदको अन्तिम बैठक हो ।
अन्तिम दिनको शैठकमा मन्त्रीहरुले आफ्नो मन्त्रालयको कामको विवरण संसदलाई बुझाए भने शीर्ष नेताहरुले सम्बोधन गरे ।
धेरै सांसदले अन्तिम दिनको बैठकको बेलामा सम्झनास्वरुप साथीहरुसँग तस्वीर खिचे । निर्वाचनपछिको संसदमा अहिलेका सांसदहरु आपसमा भेट हुने वा नहुने निश्चित नभएकाले उनीहरुले अहिले नै सम्झनास्वरुप तस्वीर खिचाएक थिए ।
प्रकाशित मिति २०७९ असोज १ गते शनिवार ०८:३६