उदयपुरमा प्रतिनिधि र प्रदेश सभा मा स्वतन्त्र नागरिक समाजले चुनाबमा भाग लिने

उदयपुरमा  प्रतिनिधि र प्रदेश सभा मा स्वतन्त्र नागरिक समाजले  चुनाबमा भाग लिने

मुकेश कटुवाल

@छाँयापाटी

२०७९ असोज २ गते आईतबार १२:२७

उदयपुर बेल्टार असोज १ स्वतन्त्र नागरिक समाज द्वारा उदयपुर जिल्ला को चौदण्डीगढी नगरपालिका मा पत्रकार सम्मेलन को आयोजना गरेको छ आगामी मंसिर ४ गते हुने प्रतिनीधि तथा प्रदेश सभाको निर्वाचनमा स्वतन्त्ररुपमा उम्मेदवारहरु उठाउने र शिक्षा,...

उदयपुर बेल्टार असोज १ स्वतन्त्र नागरिक समाज द्वारा उदयपुर जिल्ला को चौदण्डीगढी नगरपालिका मा पत्रकार सम्मेलन को आयोजना गरेको छ आगामी मंसिर ४ गते हुने प्रतिनीधि तथा प्रदेश सभाको निर्वाचनमा स्वतन्त्ररुपमा उम्मेदवारहरु उठाउने र

शिक्षा, स्वास्थ्य, रोजगार तथा सुशासनको लागि भ्रष्टाचार मुक्त समाज निमार्णमा हाम्रो अभियान भन्ने नाराका साथ स्वतन्त्र नागरिक समाज चौदण्डीगढीले आज पत्रकार सम्मेलनको आयोजना गरी राजनीतिक दलहरु भ्रष्टाचारमा लिप्त रहेको र राजनीतिक दलमा रहेका ईमानदार, कर्तब्यनिष्ठ कार्यकताहरु नेताको दास भएर बस्नुपर्ने अबस्था तथा जनताले कुनै सेवा सुबिधा पाउन नसकेको अवस्था मा नागरिकहरु स्वतन्त्र अभियानमा सरिक हुनुपर्नेमा जोड दिएको छ ।

चौदण्डीगढी नगरपालिकाको बेल्टारमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै स्वतन्त्र नागरिक समाजका सदस्यहरु शिव ढकाल, केशव तिम्सिना, प्रिया राई कटुवाल, कुमार खड्का लगायतले राजनीतिक पार्टीमा आबद्ध भएर जनताको काम गर्न नसकिने र ईमानदार नेताहरुले टिकट पाउन कठिन भएकोले जनताको काम गर्न सक्ने नेताहरुलाई जिताएर पठाउन एवंम् सामाजिक कामहरुलाई अभियानकै रुपमा अगाडी बढाउन स्वतन्त्र नागरिक समाजमा आबद्ध हुनुपर्ने बताएका थिए ।

यस्तै वडा नम्बर ६ का पुर्व वडा अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का पूर्व नेता एबम् गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा मेयर पदका प्रत्याशी उमेद्वार कमलध्वज राई अहिले स्वतन्त्र नागरिक समाजमा जोडिएका अभियन्ता हुन कमल ध्वज राई भन्नु हुन्छ

नेता तथा कार्यकर्ताहरु पहिला बिभिन्न राजनितिक दलहरुसंग आबद्ध रहेकोले यिनीहरु फेरी पुरानै पार्टीमा फर्किन सक्ने भनेर भ्रम फैलाउने प्रयास गरिएको हुनाले त्यस्तो भ्रम र आशंकालाई चिर्न पत्रकार सम्मेलनको आयोजना गरेको समेत बताएका छन् ।

जनताको सरोकारका बिषयहरु निशुल्क शिक्षा, स्वास्थ्य र रोजगारलाई अभियानको रुपमा नै अगाडी बढाउने प्रतिबद्धतासहित आफुहरुले अभियान संचालन गरेको र आगामी मंसिर ४ गते हुने प्रतिनीधि तथा प्रदेश सभाको निर्वाचनमा स्वतन्त्ररुपमा उम्मेदवारहरु उठाउने जानकारी समेत दिएका छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र) का पूर्व नेता हाल स्वतन्त्र नागरिक समाज का चौदण्डीगढी नगर संयोजक समेत रहेका मविराज राईले जनताको सवालहरुलाई उठाउनको लागि आफुहरु संगठितरुपमा नै लागेको बताउदै स्वतन्त्र नागरिक समाजले बिभिन्न समितिहरुको गठन गरेको समेत जानकारी दिनु भयो

जसमा नगर संयोजकमा मविराज राई, शिक्षा–स्वास्थ्य संयोजकमा कमलध्वज राई, प्रशासनिक संयोजकमा अधिराज राई, पर्यटन तथा बजार ब्यबस्थापन संयोजकमा रोमन सुवेदी, सामाजिक बिकास र निमार्ण संयोजकमा धनकेशर राई, महिला बालबालिका संयोजकमा प्रिया राई कटुवाल, आर्थिक संयोजकमा अम्बर खड्का , संचार संयोजकमा शम्बु बिक र नगर प्रवत्ताको जिम्मेबारी कुमार खड्कालाई दिईएको जानकारी दिएका छन् ।

प्रकाशित मिति २०७९ असोज २ गते आईतबार १२:२७
प्रतिक्रियाहरु