राप्रपा प्रवेश गर्नेको लर्को, सांसददेखि पूर्वएआइजीसम्मले लगाए टिका

राप्रपा प्रवेश गर्नेको लर्को, सांसददेखि पूर्वएआइजीसम्मले लगाए टिका

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज २ गते आईतबार ०९:३६

जनता समाजवादी पार्टीकी नेता रेणुका गुरूङ राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेकी छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार गुरूङलाई पार्टी प्रवेश गराएका हुन्। उनी निवर्तमान सांसद हुन्। जसपाका केन्द्रीय सदस्य एवम्...

जनता समाजवादी पार्टीकी नेता रेणुका गुरूङ राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेकी छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार गुरूङलाई पार्टी प्रवेश गराएका हुन्। उनी निवर्तमान सांसद हुन्।

जसपाका केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री समेत रहेकी गुरूङ, सशस्त्र प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक श्रेष्ठ, एकीकृत राष्ट्रिय शक्ति नेपालकी केन्द्रीय सदस्य तथा महिला संगठनकी अध्यक्ष अन्जु सुवेदी लगायत १६४ जना राप्रपामा प्रवेश गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशीहरुलाई पार्टीको सदस्यता प्रदान गरेका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले समाजका प्रतिष्ठित व्यक्तिहरुको प्रवेश र विश्वासले राप्रपा जनताबीच लोकप्रिय बन्दै गएको पुष्टि भएको बताए ।

आफ्नै जीवनकालमा देश बनेको देख्न चाहनेहरुले आगामी निर्वाचनमा राप्रपालाई मत दिनुपर्ने बताउँदै लिङ्देनले राप्रपा असफल हुँदा परिवर्तन र विकास चाहनेहरुलाई धोका हुने दाबी समेत गरे ।

अध्यक्ष लिङ्देनले लुटतन्त्रको विकल्प चाहनेहरुलाई आगामी निर्वाचन अगावै राप्रपामा आउन अपिल समेत गरेका छन्।

प्रकाशित मिति २०७९ असोज २ गते आईतबार ०९:३६
प्रतिक्रियाहरु